साउन, काठमाडौं ।

बर्षभरीमा सार्वजनिक भएका नेपाली गीतहरु मध्ये उत्कृष्ट छानेर बिभिन्न संघसंस्थाहरुले अवार्ड दिने गर्दछन् । बर्षमा म्युजीकक्षेत्रका अवार्ड मात्रै पनि करिब चार भन्दा बढी संस्थाहरुले दिँदै आएका छन् । जसमध्यै बिगत तिनबर्ष देखी म्युजीक अवार्ड गर्दै आएको संस्था हो ‘सुन्दरादेवी सन्देश साप्ताहिक’, जुन नुवाकोट जिल्लाबाट सञ्चालित छ । नेपाली लोक तथा आधुनिक गीतको क्षेत्रमा बर्षभरी सार्वजनिक भएका गीत, गीत गाउने गायक, श्रृष्टा मध्ये उत्कृष्ट छानिने गरिन्छ । जम्मा २८ बिधामा प्रदान गरिएको ‘तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७४’ मा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ‘लाइफटाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको थियो तर बास्कोटा अनुपस्थित भएपछि उनलाई थ्याङ्स सेरोमनिमा सम्मान गरिने बताइएको छ । धादिङ जिल्लास्थित ओम शान्ति चलचित्र मन्दिर हलमा शुक्रबार भएको सो अवार्ड समारोहमा कलाकारहरुको संख्या निकै कम देखिन्थ्यो । समारोहमा चलचित्रक्षेत्रकी चर्चित नायिका संचिता लुईटेल अतिथिको निमन्त्रणा स्विकार्दै पुगेकी थिइन् ।

बर्ष ०७३ मा सार्वजनिक भएका लोक तथा आधुनिक गीतहरु मध्ये आधुनिक तर्फको गायकमा कृष्ण काफ्लेले उत्कृष्टको अवार्ड थापे भने गायिका तर्फ सहिमा श्रेष्ठले अवार्ड हात पारिन् । त्यस्तै लोक गीत तर्फबाट उत्कृष्ट गायकमा मौसम गुरुङ र गायिका भुमिका गिरीले अवार्ड पाए । त्यस्तै, नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिक पत्रिकाले आयोजना गरेका कारण नुवाकोटकी नायिका तथा मोडल रश्मी तामाङलाई बिशिष्ट सम्मान गरिएको थियो । उनलाई ३३ हजार ३ शय ३३ नगद सहित ताम्रा पत्र र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्धारा सम्मान गरिएको थियो । अवार्ड पाएपछि रश्मिले अहिले सम्म यस्तो सम्मान आफुले कहि पनि नपाएको बताइन् । साथै आफुले गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै ठुलो सम्मान दिइएकोमा धन्यवाद दिएकी थिइन् । ‘मैले अहिलेसम्म यति ठुलो सम्मान पाएकी थिइन । अवार्डहरु त धेरै पाएँ तर यो बिशेष सम्मानले मलाई गीतसंगीतको क्षेत्रमा अझै ठुलो जिम्मेवारी थपिएको बुझेकी छु’, रश्मिले सम्मान पाइसकेपछि हिमालय टाइम्स सँग कुरा गर्दै भनिन् ।

अवार्डमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५ हजार ५ शय ५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

समारोहमा बरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, एभ्रेष्ट कल्चर ग्रुपका अध्यक्ष आसी कोईराला, पत्रकार तथा गीतकार सुमन बैरागी, लोक तथा दोहोरी गीत उपत्यका सम्मन्नय समितिका अध्यक्ष पीएन सापकोटा लगायतको उपस्थिती थियो । उक्त अवार्डमा पपुरल, पब्लिक च्वाइस, जुरी, इन्करेजमेन्ट, पब्लिक च्वाइस लगायतका अवार्ड पनि प्रदान गरिएको थियो ।

जुरी अवार्डबाट कृष्ण रेउले, पब्लिक च्वाइस अवार्डबाट मञ्जु गौतम, पपुलर अवार्डबाट दिनेश थापा र इन्करेजमेन्ट अवार्ड लिला गिरीले पाएका थिए । साथै आधुनिक तर्फ नव–गायिकाबाट बुनु उप्रेति, गीतकारबाट डा.कृष्णहरी बराल, संगीतकारबाट सुरेन्द्र श्रेष्ठ, महिला मोडलबाट जान्वी बोहरा, पुरुष मोडलबाट केके अधिकारी, भिडियो निर्देशकबाट नविन गुरुङ, भिडियो सम्पादनबाट दिपक विष्ट, भिडियो छायांकारबाट अजय रेग्मी, पब्लिक च्वाइसबाट खुस्बु खड्का र एसएमएस भोटिङबाट मञ्जिता केसीले अवार्ड पाएका थिए । साथै लोकदोहोरी तर्फ नव–गायकबाट तिलक परियार, नव–गायिकाः टिका तारामि मगर, शब्द संकलनबाट शिखर गजरकोटे, लय संकलनबाट उद्धव कार्की, पुरुष मोडलबाट दुर्गेश थापा, महिला मोडलबाट रिना थापा मगर, भिडियो निर्देशकबाट प्रकाश भट्ट, भिडियो सम्पादनबाट प्रविण भट्ट र भिडियो छायांकनबाट दुर्गा पौडेलले अवार्ड पाएका थिए । यस ‘सुन्दरादेवी सन्देश म्युजीक अवार्ड’ आगामि बर्ष राजधानीमै आयोजना गरिने आयोजक संस्थाक अध्यक्ष किरण अधिकारीले बताए ।

यो सामाग्री हिमालय टाइम्समा प्रकाशित छ ।