‘भद्रगोल’का चार कलाकारद्धारा बाढीपिडितका लागी ५१ हजार सहयोग घोषणा

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">गएको तीन देखि भइरहेको लगातार वर्षाका कारण देशको पूवी तथा मध्य तराईका भागहरु बाढी तथा पहिरोको मारमा परेपछि यतिवेला सम्पुर्ण देशवासी विह्वलमा छन्। &nbsp;बाढीका कारण अहिले सम्म &nbsp;३० भन्दा धेरैको मृत्यु र १५ भन्दा धेरै बेपत्ता भईसकेको गृह मन्त्रालयले जनाएको छ ।देशको यति ठुलो समस्यामा राहत दिन तथा उद्धारका लागि यतिवेला विभिन्न व्यक्ति तथा सरकारको साथै कलाकारहरु पनि लागिपरेका छन्।&nbsp;</p><p style="text-align: justify; ">यसैविच चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे),सागर लम्साल (बले), हरिश निरौला (कोक्रोच)ले संयुक्त रुपमा बाढी पिडित को लागि तत्काल राहत स्वरुप &nbsp;रु ५१,००० सहयोगको &nbsp;घोषणा गरेका छन्। साथै उनीहरुले अन्य व्यक्तिहरुले तत्काल सहयोग गर्न चाहेमा जिग्री पाडे प्रतिष्ठान मार्फत गर्न सक्ने अपिल पनि गरेका छन्। तत्काल राहत स्वरुप बाढी&nbsp;पिडित लाइ सहयोग गर्न चाहने सहयोगी मन हरुले जिग्री पाडे प्रतिष्ठान को कृषि विकाश बैंकको खाता नम्बर ०२१०६०११२९५९३०१२ &nbsp;मा रकम संकलन गर्न सक्ने बताएका छन्।&nbsp;</p>