बाढी पिडितलाई धुर्मुसको औषधी र खाद्यान्न सहयोग

साउन, काठमाडौं।

लगातारको बर्षाका कारण नेपालका तराई भेगका अधिकांश जिल्लाका बासिन्दाहरु बाढी तथा पहिरोको मार खेप्न बाध्य भएपछि यतिवेला सम्पुर्ण कलाकर्मी तथा व्यक्तिहरु सहयोगमा जुटेका छन्। यसैविच चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस पनि सहयोगमा जुटेका छन्। उनी यतिवेला बाढीले प्रभावित भएका जिल्लामा राहतका साथमा पुगेका छन्। सहयोगका लागि महोत्तरी पुगेका उनले आफ्नो संस्था ‘धुर्मुस सुन्तली फाउन्डेशन’का तर्फबाट बाढी पिडितका लागि औषधी, खाद्यान्न, त्रिपाल को सहयोग गर्न बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने जानकारी दिएका छन्।

उनले महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका क्षेत्र हरु बढी प्रभावित भएको कारण यी क्षेत्रमा  पुगेर तत्काल गर्नुपर्ने सहयोग गर्ने बताएका छन्। उनले सहयोगका लागि  महोत्तरीमा खाद्यान्न संकलन गरिसकेको र मेडिकल टिमसँग आफुले समन्वय गरेको बताएका छन्। साथै धुर्मुसले अन्य कलाकार तथा व्यक्तिहरुलाई सहयोगका लागि अपिल पनि गरेका छन्।

धुर्मुसका साथै अन्य कलाकारहरुले पनि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। बाढी पिडितको सहयोगका लागिहाँस्यकलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले १ लाख रुपैँया ,दीपाश्री निरौलाले ५१ हजार र प्रियंका कार्कीले  ५१ हजार  सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।