अन्ततः स्वेता र दयाहाङको ‘कान्छी’ घोषणा, भदौ २ बाट फ्लोरमा जाने

साउन, काठमाडौं ।

लामो समय चलचित्रक्षेत्रबाट टाढा बसेकी नायिका स्वेता खड्काले निर्माण गर्ने भनिएको चलचित्र  ‘कान्छी’ अन्ततः भदौ २ गतेबाटफ्लोरमा जाने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र ‘कान्छी’को औपचारिक निर्माण घोषणा गरियो । नायिका स्वेता खड्काको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्दैछन् । चलचित्रमा यम थापाको पटकथा तथा संवाद छ । चलचित्रमा नायिका स्वेता खड्का र नायक दयाहाङ राङ मुख्य भूमिकामा देखिदैछन् ।

श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेताले कुनै पनि चलचित्रमा अभिनय गरेकी थिइन् । उनले ‘कान्छी’बाट नै चलचित्रमा कमब्याक गर्न लागेकी हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक आकाश अधिकारीले चलचित्रमा बैदेशीक रोजगारीको कथासँगै गाउँमा कान्छिले भोग्नु परेको दुखको कथा हुने बताए । यसअघि आकाश अधिकारीले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ुकोहिनूरु निर्देशन गरेका थिए ।

चलचित्रको कथा स्वेताको वरिपरि नै घुम्ने बताइएको थियो । मुस्ताङमा ३५ दिन खिचिने फिल्मको सुटिङ सेड्यूल ४५ दिनको रहेको छ । स्वेताले आफूले पहिलो पटक फिल्म निर्माणमा हात हालेका कारण सबैको साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताइन् । फिल्मलाई माघ २६ गते प्रदर्शनमा ल्याइने फिल्म युनिटको तयारी छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । फिल्ममा स्वेता र दयाका अलावा अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुरज गिरीको पनि मुख्य भूमिका रहनेछ । यसअघि अनुको ठाउँमा नम्रता सापकोटा फाइनल भएकी थिइन् तर फिल्म समर लभका कारण उनले यो फिल्म छाडेकी थिइन् ।