साउन, काठमाडौं।

अविरल वर्षाका कारण यतिवेला नेपालका तराई क्षेत्रमा जनधनको क्षति भइरहेको बेला नेपाली कलाकारहरु पनि सहयोगमा जुटिरहेका छन् । यसैविच चलचित्र दुई रुपैयाका निर्माण कम्पनीहरु जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले सहयोगका लागि अघि बढेका छन्। चलचित्रका निर्देशक द्वय निश्चल बस्नेत र आशिफ शाहले मोबाइल र इन्टरनेटबाट सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी यो अभियान सुरु गरेका छन्।

अभियानको सुरु गर्दै दुबै निर्देशक र कलाकारहरूले नगद ५०–५० हजारको सहयोग प्रदान गरेका छन् । यस्तै, सहयोग गर्ने कम्पनि इ–सेवाले पनि २ लाख नगद योगदान गरेको छ भने इ–सेवाका कर्मचारीहरूको तर्फबाट १ लाख ५१ हजार नगद सहयोग जुटेको छ । बाढी पीडितका लागि जम्मा भएको ४ लाख ५१ हजारबाट अभियानको सुरुवात भएको निर्देशक आशिफ शाहले जानकारी दिएका छन्।

यस्तो अवस्थामा सबैले पिडित स्थलमै पुगेर सहयोग गर्न नसक्ने भएकाले आफ्नो अभियान मार्फत सहयोगी मनले मोबाइल तथा इन्टरनेटबाट नै सहयोग गर्न सक्ने बताएका छन्। र अभियानका लागि आएको सहयोग रकम कुनै पनि प्रशासनिक कार्यमा नगरी र सम्पूर्ण राहतको कार्यमा नै प्रयोग गर्ने उनीहरुले बताएका छन्।

युट्युबमा एक भिडियो सेयर गर्दै निश्चल तथा आसिफले आफ्नो अभियानको बारेमा जानकारी दिएका छन्। तथा आफ्नो अभियानमा साथ दिन तथा पिडितहरुलाई सहयोग गर्नका लागि अपिल पनि गरेका छन्।