‘प्रेमगीत २’ को एक दिनको कमाई बाढीपिडितलाई दिने निर्माताको घोषणा

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;केहि दिनदेखीको लगातारको बर्षाले देशैभरीका बिभिन्न ठाउँका जनताहरुको जन धनको क्षति भएपछि एकपछि अर्को रुपमा कलाकारले नगद सहयोग गर्न थालेका छन्। &nbsp;त्यस्तै कति कलाकार खाद्यान्न बोकेर प्रभावित क्षेत्रमा पनि पुगिसकेका छन् । यसैबिच बिभिन्न संघ, संस्था तथा कलाकारहरुले आ आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">यसैविच अहिले प्रर्दशनमा आइरहेको चलचित्र प्रेमगीत २ ले पनि आफ्नो कमाई बाढी पिडितलाई सहयोग गर्ने भएको छ। चलचित्रका निर्माता सन्तोष सेनले सामाजिक संजाल मार्फत आफ्नो चलचित्रको एक दिनको कलेक्सन पिडितलाई सहयोग गर्ने घोषणा गरेका हुन्। उनले आगामी भदौ २ गते देशभरबाट चलचित्रले कलेक्शन गरेको &nbsp;सम्पुर्ण रकम बाढीपीडितलाई दिने &nbsp;बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भुमिका रहेको यस चलचित्र साउन १३ गते देखि प्रर्दशन भइरहेको छ । र चलचित्रले राम्रो व्यापार गरिरहेको छ।&nbsp;</p>