‘मिस विश्वकर्मा इन्टरनेशनल’को फाईनलका लागी ८ सुन्दरी छानिए, फाइनल कतारमा हुने

गोपिकृष्ण चापागाईं / भदौ, काठमाडौं ।

विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आयोजना गर्न लागिएको 'मिस विश्वकर्मा इन्टरनेशनल'को फाइनलका लागी ८ सुन्दरी छानिएका छन् । गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट ८ जना प्रतियोगी छानिएका हुन् । फाईनल यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।

जजहरुबाट सोधिएको प्रश्नमा उत्कृष्ट उत्तर दिनेहरुमध्येबाट जम्मा ८ प्रतियोगी छानिएका हुन् । छानिनेमा निलम गज्मेर, सुजता खाती, सोनु बिश्वकर्मा, सुशिला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनिषा गज्मेर र सिर्जना बिश्वकर्मा रहेका छन् । जज्हरुमा मिस नेपाल २००५ कि सुगारिका केसी, संगीतकार राम सिटौला, नायिका, सुवेक्छा थापा, मोडल, दिवस उप्रेती, अन्तराष्ट्र्रिय मोडल, दिपक घिमिरे, मिडियाकर्मि, सिरोमणी दवाडी र कृष्ण भट्टराई रहेका थिए ।

आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानाकारी अनुसार नेपालबाट ६ सेप्टेम्बरमा आयोजक तथा प्रतियोगीत टिम गरी जम्मा ३० जनाको टिम कतार प्रस्थान गर्नेछ । साथै कतारको सनैयामा हुने गइरहेको यो प्रतियोगीता भब्य र सब्य तरिकाले सम्पन्न हुने बराइलीले आर्टिस्ट खबरलाई जानकारी दिए । आयोजकको तर्फबाट सुरु सुनारले पनि अन्तराष्ट्रियस्तरमै पहिलो पटक हुन गइरहेको यो प्रतियोगीता भब्य र सब्य हुने बताइन् । साथै उनले विश्वकर्मा समुदायका युवतीहरुमा भएका प्रतिभा नेपाल मात्र नभएर नेपाल बाहिरसम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको बताइन् । कार्यक्रमको उद्घाटन  नेपाल सरकारका वाणिज्य मन्त्री मीन बहादुर बिश्वकर्माले गरेका थिए ।

प्रतियोगीताको पहिलो अडिशन मोरङको पथरी शनिश्चरे, र अन्य अडिशन काठमाडौंमा भएको थियो । साथै काठमाडौंमा गएको साता ट्यालेन्ट राउण्डपनि सम्पन्न भइसकेको छ ।

मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बताइएको छ । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ । प्रतियोगीताको आर्टिस्ट खबर मिडिया पार्टनर रहेको छ ।