जन्मदिन मनाउँदै अभिनेत्री रेखा

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्र क्षेत्रकी सुपरस्टार नायिका को रुपमा चिनिएकी अभिनेत्री रेखा थापाको आज (भदौ ५ गते) जन्मदिन परेको छ। करिब २०० चलचित्रमा अभिनय गरिसकेकी उनी नायिका मात्र नभई निर्देशक, निर्मात्री संगीतकारको रुपमा स्थापित भएकी छिन्। चलचित्र क्षेत्रमा सफल नायिकाको रुपमा आफुलाई चिनाउन सफल उनले निर्माता छविराज ओझाको चलचित्र हिरो बाट डेब्यु गरेकी थिईन्। डेब्यु चलचित्र बाटै दर्शकको मन जित्न सफल उनी आजको दिनसम्म पनि दर्शकहरुमा उत्तिकै डिमाण्डेबल बनेकी छिन्। उनका चलचित्र भनेपछि दर्शकहरुमा छुट्टै कौतुहलता हुने गर्छ र प्रतिक्षित बन्ने गर्दछ्। उनको अभिनय गरेको सफल चलचित्रहरुमा हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्‍यो मेरो मन, मालतीको भट्टी , काली, रामप्यारी, हिम्मतवाली आदि पर्दछन्। <br>चलचित्रको पर्दामा उत्कृष्ट बनेकी नायिका रेखा थापाको रियल लाईफ भने वैवाहिक स्थितीले असफल बनाएको छ। चलचित्र हिरो आएपश्चात निर्माता छविराज ओझा संग विवाह गरेकी उनको करिब १२ वर्ष पछि वैवाहिक सम्बन्ध टुगिंएको थियो। &nbsp;यसका साथै अभिनयको साथै राजनितीमा पनि हात बढाएकी रेखाको राजनितीक यात्रा पनि त्यति सफल भएको मानिदैन्। &nbsp;नेकपा माओवादी मा प्रवेश गर्दै राजनितीक यात्रा अघि बढाएकी रेखाले केही समयमै पार्टी बदलेर राप्रपामा लागेकी थिईन्। राप्रपा भित्र पनि उनी पछिल्लो समय कमल थापाको पक्षलाई छोडेर पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिकमा लागेकी छिन्। &nbsp;यसरी पटक पटक पार्टी परिवर्तन गरिरहँने कारणले पनि उनको राजनितीक यात्राको चर्चा परिचर्चा निकै हुने गर्छ।&nbsp;</p><p style="text-align: justify; ">यतिवेला भने उनी आफ्नो अपकमिंग चलचित्र 'रुद्रप्रिया'मा व्यस्त रहेकी छिन्। नायक आर्यन सिग्देल संगको करिब ८ वर्ष पछिको रेखाको टिमअपका कारण पनि यो चलचित्र निकैनै प्रतिक्षित बनेको छ। चलचित्र कात्तिक २ गतेबाट प्रदर्शनमा आउने भएको छ। रेखा थापालाई आर्टिष्ट खवरको तर्फ बाट जन्मदिनको शुभकामना।&nbsp;</p>