‘ल्याङ ल्याङ’ पछि ‘रोमियो’को अर्को लिरिकल गीत ‘तिम्रो याद’मा (भिडियो)

भदौ, काठमाडौं।

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र 'रोमियो'को लिरिकल गीत सार्वजनिक भएको छ ।सार्वजनिक तिम्रो यादमा बोलको गीतमा कुर्बान अलि खान र अमृता लिम्बुको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको लिरिकल भिडियोमा चलचित्रका केही चल र अचल दृश्यहरु समावेश गरिएको छ । लिरिकल गीतको भिडियो भने चाँडै सार्वजनिक गर्ने चलचित्रका निर्माता तथा नायक हसनराजा खानले जानकारी दिएका छन् ।

चलचित्रको यस अघि रिलिज भएको 'ल्याङ ल्याङ' बोलको गीत युवापुस्तामाझ निकैनै हिट बनिसकेको छ। चलचित्र कात्तिक १७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

नायक हसनराजा खानको निर्माणमा बनेको चलचित्र 'रोमियो'मा हसन र निशाको साथै ओसिमा बानु र मेलिना मानन्धरको मुख्य भूमिका रहेको छ।  शंकर कार्कीको  निर्देशन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को कथा ,सुरेन्द्र पौडेलको सम्पादन तथा अष्ट महर्जनको एक्सन रहेको छ।