‘जोनी जेन्टलम्यान’ ट्रेलर: पल र आँचलको कस्तो केमेष्ट्री?

भदौ, काठमाडौं।

नायक पल शाह तथा नायिका आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र 'जोनी जेन्टलम्यान'को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पात्रहरुविचको प्रेम, रोमान्स तथा द्वन्दका दृश्यहरु देख्न सकिन्छ्। साथै चलचित्रमा पल र आँचलको केमेष्ट्री पनि देख्न सकिन्छ्।

नितिन चन्दको निर्देशनमा बनेको यस चलचित्रमा पल र आँचलको साथमा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ। एन्ड्रियु पौडेल द्वारा निर्मित यस चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट रहेको छ।

यस अघि चलचित्र 'नाइ नभन्नु ल ४' मा स्क्रीन सेयर गरेका पल र आँचलको जोडीलाई दर्शकहरुले निकै मन पराएका थिए। पछिलो समय पल शाहको चलचित्र 'म यस्तो गित गाउँछु'ले निकै राम्रो सफलता हासिल गरे पश्चात दर्शकमाझ पल शाहको यो चलचित्र प्रतिक्षित बन्न पुगेको छ्। चलचित्र भाद्र ३० गतेबाट प्रर्दशनमा आउँदैछ्।