गायक मिलनको अगुवाइमा बाढी पिडितलाई राहत वितरण

भदौ, काठमाडौं।

देशमा यतिवेला बाढी पहिरोको कारणले पुवी तराईका कैयौं क्षेत्र जनधनको क्षति भइरहँदा कैयौं कलाकर्मीहरु सहयोगमा जुटेका छन्। यस्तैमा गायक मिलन लामा पनि राहत वितरण मा लागेका छन्। गायक मिलनको अगुवाइमा  लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रमा केही सदस्यहरु तथा देश विदेशबाट शुभचिन्तकहरुले पठाएको रकम बाट चितवन आसपासका स्थानहरुमा राहत सामाग्री वितरण गरेका हुन्।

बाढीका कारण राहतमा आएको चामल पकाउन दाउरा नै बगाएर लगे पछि पकाएर खान नसक्ने अवस्था आएपछि मिलनले पिडितलाई ग्याँस तथा चुलो वितरण गरेका छन्। त्यस्तै लोक तथा दोहोरी प्रतिष्ठानका व्यक्तिहरुले पिडित बालबालिकाहरुका लागि पठाएको शैक्षिक सामाग्री झोला तथा कापी कलम पनि मिलनले वितरण गरेका छन्। उनको यो सहयोग बाट ३८ जना विद्यार्थी लाभान्वित भएका छन्।

राहत वितरण गर्दै मिलनले आफुलाई सहयोग गर्ने  दाताहरु लोक तथा दोहोरि गीत प्रतिस्ठान का सदस्यहरु, केशु माया गुरुङ (नव लोक गायिका),कुमारी लामा (न्युजिल्यान्ड) ,बिद्या सागर योन्जन (क्यालिफोर्निया) तथा  आफुलाई सहयोग रकम पठाउने अन्य व्यक्तिहरुमा आभार व्यक्त गरेका छन्।

गायक मिलनले यो भन्दा अघि पनि बाढी पिडितहरुका लागी लगातार सहयोग पुर्याउँदै आएका छन् । उनले लगातार परेको बर्षाको बेला आफै उद्धारमा खटिएका पनि थिए । मिलन आफैले सञ्चालनमा ल्याएको चितवनको एक रिसोर्ट पनि डुबानमा परेको छ । तर पनि उनी अन्य जो घरबार नै डुबानमा परेका छन् उनीहरुको उद्धार तथा राहत बितरणमा निरन्तर लागिपरीरहेका छन् । साथै उनले देश तथा बिदेशमा रहेका नेपालीहरुलाई सहयोगको आह्वान गरेर पनि राहत बितरण गरेका छन् ।