यी तीन पुरुषको तीजः कोहि श्रीमतीको लागी ब्रत बस्दै, कोहि श्रीमतीसँग भिडियो कल

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

हरितालिका तीजको दिन महिलाहरूको घरको काम प्राय पुरुषहरूले गर्ने गर्दछन् । विशेषतः महिलाको पर्व भएकाले तीजमा पुरुषले महिलालाई सहयोग गर्ने गर्दछन् । यसैबीच हामी यहाँ तीन हाँस्य कलाकार किरण केसी ‘राता मकै’, शिवहरि पौडेल ‘मुखामा हानु’ र सुरेन्द्र केसी ‘मुलाको साग’ सँग तीज विशेष कुराकानी गरेका छौं । तीजको दिन घरमा श्रीमतीका लागि के गर्ने गर्छन् त यी तीन पुरुष ?

श्रीमतीका लागि व्रत बस्छुः किरण केसी

मैले यस वर्षमात्र होइन वर्षेनी श्रीमती सीता केसीको नाममा व्रत बस्ने गरेको छु । तीजको दिन मैले श्रीमतीका लागि गर्ने सहयोग भनेको धेरै हुन्छ । विगत २४ वर्षदेखि उनको स्वास्थ्यका लागि मैले तीजको दिन व्रत बस्ने गरेको छु । उनले मेरा लागि भनेर वर्षेनी व्रत बस्छिन् भने म उनका लागि किन नबस्ने ? त्यसैले श्रीमतीले मेरो लागि भनेर केही गर्छिन् भने मैले श्रीमतीका लागि केही गर्नुपर्छ भनेर व्रत बस्न थालेको हुँ । व्रत बस्ने भनेर केही नखाने भन्ने होइन, फलफूल, चिया कफी खान्छु ।

तीजको दिनको कुरा गर्दा बिहान उठेर श्रीमतीको हात खुट्टामा नङमा पोलिस, ओठमा लिविस्टिक लगाइदिन्छु र अँकमाल गर्छु । विशेषतः मैले श्रीमतीलाई मेकअप गर्दिने गरेको छु । कामको कुरा गर्दा त्यो दिन भाँडा माझ्न, कपडा धुन पर्दैन । घरमा आउने पाहुनालाई फलफूल काटिदिने, चिया बनाउने कुरा घरमा जसले गर्दा नि हुन्छ, मैले गर्ने गरेकै छु । उपहारको कुरा गर्दा उनलाई तीजको दिन विशेषगरी कुर्तासुरुवाल दिने गरेको छु । तीजमा मात्र होइन हरेक दिन महिलालाई सम्मान गर्नुपर्छ ।

श्रीमतीसँग भिडियो कल गर्छुः शिवहरि पौडेल

यो वर्षको तीजमा श्रीमती अमेरिका भएकाले घरमा सँगै मनाउन भने पाइएन तर उनी टाढा भएपनि तीजको दिनमा भिडियो कल गर्ने सोचमा छु । दिनकै फोनमा कुरा त हुन्छ तर तीजको दिन मैले तीज विशेष भनेर भिडियो कल नै गर्ने सोचमा छु । छोरी र श्रीमती लक्ष्मी पौडेल यो तीजमा मात्र होइन दशैँतिहारमा पनि बाहिरै हुने भएकाले यस वर्ष घरमा अन्य सदस्यसँग बसेर तीज, दशैँतिहार मनाउने सोचमा छु । हिजो दरखाने दिन विशेषगरी मीठाई र फलफूल घरमा लगेर खीर खाइयो । तीजको दिनको कुरा गर्दा घरमा आमा, दाई र भतिज छन् । आमा वृद्ध भइसक्नु भएको छ ब्रत बस्ने कुरा भएन, दाइ र भतिज त झन् केटा मान्छे भइहाल्नु भयो त्यसैले यसवर्ष घरमा व्रत बस्ने चाँहि कोही हुने भएनन् । सबै खानेकुरा बनाएर खाने सोचमा छौं ।

गत वर्ष श्रीमती घरमै थिइन् उनका साथीहरू टन्नै थिए, नाँचगान रमाइलो निकै भएको थियो । सबै महिलाको बीचमा म एक्लो पुरुष भएकाले दिउँसै घरबाहिर निस्किएको थिएँ एकैपटक साँझमा घर पुग्दा दिनभर महिलाले गरेको फोहोर सफा गर्नुपरेको थियो ।

घरको काम मेरो जिम्मा: सुरेन्द्र केसी

श्रीमती गीता केसीले तीजको दिन चाहिने सबै सामान ल्याइदिने तपाईंको जिम्मा भनेको कारण घरमा आउने पाहुनाका लागि चाहिले सरसामान, नाँचगान गर्नका लागि चाहिने साउण्ड सिस्टम ल्याइदिएको छु । त्यस्तै उनका लागि रातो सारी र रातो पोते तयार पारिदिएको छु । गिफ्टको कुरामा मौका पर्दा दिइहाल्ने भएकाले त्यस्तो खास कुरा छैन ।

आजको दिन सबै काम मेरो भागमा परेको छ । घरमा खाने पकाउने, मेच सफा गर्नेदेखि सबैकाम गर्नुपर्ने भएकोले सबैकुराको लागी ‘रेडी’ छु । अब सबैघरको काम गर्ने महिलालाई आज एक दिन पनि रमाइलो गर्न नदिनेभन्ने कुरै आएन त्यसैले आजको पूरै दिन केही काम गर्न पर्दैन भनेको छु ।

यो सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।