‘छक्का पंजा२’ को दोस्रो गीत , प्रियंका र तक्मे बुढाको ठुम्का (भिडियो)

भदौ, काठमाडौं।

दर्शकहरु माझ  बहुप्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा२' ले आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ। सार्वजनिक 'म त यता किनार'मा बोलको गीतमा  हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ। गीतको भिडियोमा प्रियंका कार्कीको साथमा विल्सन विक्रम राई, बुद्धि तामांग तथा अन्य कलाकारले कम्मर मर्काएका छन्।उत्तम सञ्जेलको शव्द तथा  किरण कँडेलको संगीत रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी  गरेका छन्।

भिडियोमा कलाकारहरुको नृत्य निकैनै उत्कृष्ट देख्न सकिन्छ्। चलचित्रमा तक्मे बुढा अर्थात विल्सन विक्रम राईको अभिनय नरहेपनि यस गीतमा दमदार नृत्य रहेको छ।

दिपाश्री निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा दिपकराज गिरि, प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल लगायतको अभिनय रहेको छ। चलचित्र असोज ११ गतेबाट रिलिज हुदैँछ।