परदेशीको कहानीमा दशैँ गीत

भदौ, काठमाडौं ।

नेपालीहरुको महानपर्व वडा दशैं नजिकिदै गर्दा गीतसंगीतको क्षेत्रमा पनि दशैँले राम्रैसँग छुने गरेको पाइन्छ । विशेषतः परदेशमा रहेका नेपालीहरू दशैँ मनाउन स्वदेश फर्कने कथामा गीतहरू बनिरहेका हुन्छन् । यस्तैक्रममा महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरू र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो । ‘म छु यता मुग्लानमा’ को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक विरही कार्कीको लय सिर्जना गरेका हुन् ।

गीको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा नायिमा तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतममा सशक्त अभिनय रहेको छ भने रन्जिता र महेन्द्रलाई बालकलाकार विशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् । गीतमा परदेशीको कहानी समावेश रहेको छ । आफू मुग्लानमा हुँदा पाएको दुःख मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पीडा उतारिएको छ । जसमा हिन्दूहरूको महान् पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पीडा र साहुको कचकचिलाई देखाइएको छ ।

गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । जसलाई सुनखानी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ ।