जानुकाले ल्याइन् तीन गीतीसंग्रह, ‘आमा’, ‘समय’ र ‘सन्दर्भ’

गोपिकृष्ण चापागाईं । भदौ, काठमाडौं ।

भनिन्छ प्रवासमा रहँदा आफ्नो देशको अझ बढी माया हुन्छ । नेपाल छाडेर गएका कतिपय नेपाली कलाकारहरुको कुरा गर्दा पनि प्रवासमै रहेर नेपालसँग जोडिएका बिभिन्न सृजनाहरु ल्याइरहेका हुन्छन् । यसैबिच लामो समय देखी बेलायतमा बस्दै आएकी गीतकार जानुका राईले पनि परदेशमा बसेर नेपाली मनलाई सम्झिँदै कलम चलाइ तिन गीतीसंग्रह सार्वजनिक गरेकी छिन् । दुई गीतीएल्बम ‘समय’ र ‘सन्दर्भ’, त्यसैगरी गीतीपुस्तक ‘आमा’ गएको बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

गीती एल्बम ‘समय’ मा पाँच गीत समावेश छन् । ‘आमा’, ‘सौहार्द भावना’, ‘भरिया दाई’, ‘हुरुरु’ र ‘प्रकृतिकी छोरी’ बोलको गीत समावेश  छन् । ‘समय’ मा समावेश यी पाँच गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । साथै ‘आमा’ गीतमा राजेश पायल राई, ‘सौहार्द भावना’ मा सुरेश अधिकारी, सुनिता कार्की, उषा गजुरेल, प्रिया सुवेदी र बिशाल राई, त्यसैगरी ‘भरिया दाई’ मा राज सिग्देल, ‘हुरुरु’ मा रामकृष्ण ढकाल र मेलिना राई, ‘प्रकृतिकी छोरी’मा मेलिना राईको स्वर रहेको छ । यी सबैगीतमा जानुका राईले शब्द लेखेकी हुन् ।

त्यस्तै ‘सन्दर्भ’ एल्बममा पनि सात गीत समावेश छन् जसमा अन्य गायक गायिकाहरुको स्वर तथा संगीत रहेको छ । त्यस्तै ‘आमा’ गीतीपुस्तकमा ८६ गीत समावेश छन् । बिशेषतः गीतकार जानुकाले आमासँगको प्रेमको कुरालाई जोडेर यो पुस्तकमा गीत लेखेको बताएकी छिन् । ‘हामी जहाँ जस्तो अवस्थामा रहेपनि आफ्नी आमा सबैभन्दा ठुलो हुन्छिन् त्यसैले आमा प्रतिको मायालाई जोडेर गीत लेखेकी छु ।’, जानुकाले आर्टिस्ट खबरसँग कुरागर्दै भनिन् ।

बिगत १६ बर्षदेखी बेलायत र नेपाल गर्दे गीतसंगीतलाई पनि अंगालेकी जानुकाले आफुले ल्याएका तिन गीतीसंग्रहबाट आम्दानी भएको सम्पुर्ण रकम भिमु मेमोरियल ट्रष्टलाई सहयोग गर्ने बताइन् । बिगत ५ बर्षदेखी सञ्चालित भिमु मेमोरियल ट्रष्टले बिभिन्न सामाजिक सेवा तथा बिगत केहि बर्षदेखी ४ जना अनाथ तथा अशक्त बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्दै आएको पनि छ । यो संस्था जानुका तथा शिवकुमार राई लगायतको टिमले सञ्चालन गर्दै आएको छ ।

नेपालीहरु सुन्दर नेपाल छोडेर बिदेशीदाको पिडा आफुले पनि भोगेको र बिदेशमा नेपालीहरुको बसोबासको स्थिती राम्रो सँग बुझेको बताउने जानुकाले अब नेपालमै बस्ने र समाजसेवामा लाग्ने निर्णय गरेको बताएकी छिन् । ‘मानिसहरु बाँच्नकै लागी बिदेशीने गर्छन् अथवा अन्य कारण हुन्छ ?  यदि केहि समयका लागी मात्र बिदेशीनु भएको हो भने नेपाल फर्किनुपर्छ । किनकी नेपाल जस्तो यति सुन्दर देश अन्य कुनै ठाउँमा खोजेर पाइँदैन ।’, जानुकाले नेपालप्रतिको माया दर्शाउँदै भनिन् ।

Video: