ट्रेन्डिङ वानमा ‘छक्का पंजा २’ को ‘ म त यता किनारमा..’

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>सिने क्षेत्रमा यतिवेला निकै चर्चा कमाइरहेको चलचित्र बनेको छ' छक्का पंजा २'। दर्शकमाझ प्रतिक्षित बनेको यस चलचित्रको गीतहरु पनि निकैनै चर्चित बनेका छन्। यस्तैमा सोमबार सार्वजनिक भएको चलचित्रको गीत &nbsp;'म त यता&nbsp; किनारमा' बोलको गीतले यतिवेला युट्युब को ट्रेन्डिङ वानमा स्थान बनाउन सफल भएको छ। सार्वजनिक भएको ५ दिन नपुग्दै गीतको भिडियोले ८ लाख भन्दा बढी दर्शक कमाएको छ। हामीले यो समाचार तयार पार्दासम्ममा गीतलाई &nbsp;८ लाख ९२ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन्। र गीत अहिले युट्युबमा &nbsp;ट्रेन्डिङ नंम्बर वानमा पर्न सफल भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/jVuVAohryts" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>गीतको भिडियोमा &nbsp;नायिका प्रियंका कार्की ,दीपकराज गिरी,बुद्धि तामाङ ‘हैट’ र विल्सन बिक्रम राई ‘तक्मे बुढा’को नृत्य रहेको छ। गीतमा पश्चिमेली लोकशैली तथा भेषभुषा झल्किएको छ। चलचित्र असोज ११ गतेदेखि देशभर रिलिज हुँदैछ।&nbsp;</p>