राष्ट्रपतिबाट ३६५ जनाको आवाज रहेको गीत ‘मिलनकोली’ सार्वजनिक

भदौ, काठमाडौं।

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाको संयुक्त आवाजमा बनाइएको गीत 'मिलनकोली' सार्वजनिक भएको छ । शनिवार काठमाडौँको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा सङ्गीत निपेश ढाकाको रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् सङ्गीतकर्मी कलाकारहरुको स्वरमा रहेको रहेको छ । जसमा ५ वर्षीया गायकलगायतको स्वर समावेश गरिएको छ। वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ०६ गते विहिबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकडिङ्ग गरिएको थियो ।

एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतैपनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने सङ्गीतकार निपेश ढाकाले बताएका छन्।