धुर्मुस सुन्तलीद्धारा बाढीपिडितका लागी एकिकृत बस्ती बनाउने घोषणा

भदौ, काठमाडौं।

नेपालको पुर्वी तराई क्षेत्रमा अविरल बर्षाका कारण भएको जनधनको क्षति र समस्यालाई निराकरण गर्नका लागि यतिवेला चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस र उनको फाउन्डेशन लागिपरेको छ। बाढीको मारमा परेका मानिसहरुलाई  राहत बितरण तथा उद्धार गर्नका लागि उनी सुरुका दिन देखिनै तन मन धन लगाएर काम गर्दै आएका छन् यसैविच धुर्मुसको नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था एकदमै पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

आफुनै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले पिडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् । ‘उहाँहरु अझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ धुर्मुसले भावुक हुदै भने ‘फेरी अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।’

बाढीका कारण पिडित बनेका तराई बासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ले उहाँहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पिडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ ।

राहत बितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ । तर अझै पनि आफुहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।