सुरज र मेनुकाले ‘लिलि बिली’ मा गीत गाउँदै

भदौ, काठमाडौं ।

रियालिटी शो नेपाल आईडलका प्रतियोगी सुरज थापा र मेनुका पौडेल ब्यावसायिक रुपमा गायनक्षेत्रमा लागिसकेका छन् । बिशेषतः नेपालमा चलचित्रका गीत गाएर थुप्रै गायक तथा गायिकाहरु ब्यावसायिक भइरहेको बेला सुरज र मेनुका पनि चलचित्रको गीत गाउन तर्फ लागेका छन् ।

साढे दुईकरोडको लगानीमा निर्माण हुन लागेको चलचित्र ‘लिलि बिली’ मा सुरज र मेनुकाको स्वर रहने निर्माण युनिटले जानकारी गराएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘लिलि बिली’ टिमले सुरज र मेनुकालाई गीतका लागी फाइनल गरिएको जानकारी गराएको थियो ।

चलचित्रमा अहिलेका युवास्तार प्रदीप खड्का मुख्य भुमिकामा देखिदैछन् भने उनीसँगै दुई नव–नायिका जसिता गुरुङ र रेविका गुरुङ मुख्य भुमिकामा रहनेछन् । प्रेसमिटमा चार बडिगार्डसहित नायक प्रदीप खड्काको उपस्थितीको यतिखेर चर्चा पनि चलेको छ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने ‘लिलि बिली’ को छायांकन तिहार पछि सुरु हुनेछ । साढे दुई करोड लगानीमा बन्ने भनिएको यो चलचित्रमो छायांकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । कमेडी लभ स्टोरी जनराको चलचित्रमा छायांकार र संगीतकार भने तय हुंन बाँकी छन् । ‘लिलि बिली’ चैत ३० गतेदेखि प्रदर्शनमा आउने जानकारी गराइएको थियो ।

Video Report: