आधुनिक गित ‘तिम्रो मनमा’ देखिएको व्युटि एण्ड ग्ल्यामर (भिडियो सहित)

...

song of suresh thapaभदौ, काठमाडौं ।  पछिल्लो समय आधुनिक गितमा ग्ल्यामरस् भएका गितहरु बजारमा आईरहेका छन् । थोरै हट एण्ड सेक्सी गित बजारमा आउनासाथ राम्रो बजार ओगट्स भन्ने मनसायले निर्माताहरु गित संगितलाई ग्ल्यामर हुनैपर्छ भनेर अलि बढिनै बनाउन खोज्छन् । तर गितमा केहि मात्रामा ग्ल्यामरस् थपियो भने त्यो गित पक्कै पनि हेर्न लायक र दर्शकले रुचाउने गित पक्कै पनि बन्छ । यस्तै क्रममा एक आधुनिक गित बजारमा आएको छ जुन गितमा व्युटि एण्ड ग्ल्यामरले गर्दा मिठास भरीएको देख्न सकिन्छ ।

adhunik song sexy and hotनेपाली बजारमा आधुनिक गितहरुमा प्राय हामी ग्ल्यामरस भएका आधुनिक गित कमै पाउँछौं । यसैक्रममा तिम्रो मनमा बोलको गित सोमबार बाट बजारमा आएको छ । जसमा रजिना रिमालको एकल आवाज रहेको छ । प्रेमकथामा आधारीत उक्त गितको भिडियोमा सुरेश थापाले निर्देशन गरेका हुन् । अनुभवी निर्देशक थापाले आर्टिस्ट खबर सँग कुरागर्दै भिडियोमा आफुले बढि नै मेहनत गरेको र नेपाली बजारमा सुहाउने खालको दृश्य भरेको बताएका छन् । पछिल्ला समय बढि नै भल्गर भिडियो बनाएर बजारमा आउँने क्रम बढ्दो छ तर दर्शकको माग र रुचिलाई पनि ध्यानमा राख्नु आवश्यक छ, थापाले भने । निर्देशक थापा हाँस्य टेलिश्रृंखला मेरी बास्सैका चर्चित कलाकार पनि हुन् । मेरी बास्सैमा दर्शने भुमिकाबाट उनी चर्चित छन् ।

director suresh thapa's songउक्त गितमा डोलराज बाह्रघरेको शब्द संगित रहेको छ भने महेश बिष्ट, कुसुम पन्त र सिर्जना बस्नेतले अभिनय गरेका छन् । ड्रेस डिजाईन रबिना ठकुरीले गरेकी हुन् ।

यो पनि पढ्नुस:
सामाजिक यथार्थमा देखिएको प्रेमी प्रेमिकाको कथा (सुटिङ रिपोर्ट/भिडियो सहित)