विकिनी फोटोमा ट्रोल गर्नेलाई तापसीको यस्तो जवाफ

भदौ, काठमाडौं।

बलीउड आर्टिष्टहरु  पछिल्लोसमयमा सोशल मीडियामा निकैनै एक्टिभ रहने गरेका छन्। र उनीहरु प्राय आफुले शेयर गरेको फोटो या सन्देशमा ट्रोलको सिकार बन्ने गरेका हुन्छन्। यस्तैमा सोशल मिडियामा ट्रोल हुनेहरुमा एक नाम थपिएको छ तापसि पन्नु। तापसीले सोशल मीडियामा आफ्नो एक ब्लू बिकनी फोटो शेयर गरेकी थिईन त्यसपछि मानिसहरुले उनलाई ट्रोल गर्न सुरु गरे। तर तापसिले उनीहरुलाई यस्तो जवाफ दिएकी छिन् कि सबैको बोली नै बन्द भयो।

तापसीले जुन फोटो आफ्नो सोशल मीडियामा सेयर गरेकी छिन् त्यो एक गीतको लुक्स रहेको थियो। फोटो शेयर गर्ने वितिकै मानिसहरुले तापसीको बोल्ड अवतारमाथि नकारात्मक टिप्पणाी गरेका थिए।  ट्वीटरमा एक प्रयोगकर्ताले लेखेका छन्  फोहोरी फिल्म बनाएर देशको युवा पिँढीलाई त वर्वाद पारिरहनु भएको छ कम से कम सोशल मीडिया मा त यस्तो फोहोर तस्विर अपलोड नगर्नुस। यसको जवाफ दिँदै तापसीले भनिन्- 'फोहोर ,हो मलाई थाहा छ मैले स्वयं सफा गर्नु पर्ने थियो  अगाडि यस कुरामा ध्यान दिनेछु'।

त्यस्तै अर्का प्रयोगकर्ताले उनलाई देश र समाज को कुरा सम्झाउँदै भनेका थिए -'हाम्रो देशमा अभिव्यक्तिको स्वतन्त्रता रहेको छ। बाँकी रहेको किन लगाएको । यसलाई पनि उतारिदिएको भए तिम्रो भाई कति गर्व गर्थे होला'।

यसको जवाफ तापसिले राम्ररी दिएकी छिन् उनले भनिन् -'माफ गर्नुस मेरो भाई छैन नत्र उसलाई सोधेर भन्थेँ, अहिलेको लागि बहिनीको जवाफलेनै काम चलाउनुहोस्'।

एजेन्सी