नायिका सारिकाले ल्याईन् गिती एल्वम ‘मोहनी’

भदौ, काठमाडौं।

नायिका सारिका घिमिरे अब गायिकाको रुपमा आएकी छिन्। उनको गिती एल्वम ‘मोहनी’को हालै विमोचन गरिएको छ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव संगीतकार शम्भुजित बाँस्कोटा, पत्रकार तथा गीतकार शान्तिप्रिय, गायिका संगीता राना, संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले एकसाथ एल्बमको विमोचन गरेका थिए ।

उनको यस एल्वममा रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको ‘के देखेर माया लायौ’, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको ‘मुलको पानी’, सारिका घिमिरेको शब्द तथा संगीत रहेको ‘छमछम’, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको संगीत रहेको ‘सान्नानी’ बोलका गीतहरु समावेश छन् ।

यसका साथै एल्वममा समावेश ‘के देखेर माया लायौ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा सारिका र पुष्पल खड्का फिचरिंग भएका छन्।