<pre><b>भदौ, काठमाडौं। </b></pre><p>नायिका वर्षा राउत तथा नायक सौगात मल्लको मुख्य भुमिका रहेको कमेडी चलचित्र 'मेरो पैसा खोइ' कार्तिकमा आउने भएको छ्। चलचित्रले कार्तिक ९ गतेलाई आफ्नो प्रर्दशनमिति तय गरेको छ। कमेडी जनरामा बनेको यस चलचित्रलाई रोज राणाले निर्देशन गरेका हुन्। चलचित्रमा सौगात र वर्षाको साथै छुल्ठिम गुरुङ, रविन तामाङ, वुद्धि तामाङ, कमलमणी नेपालको मुख्य भूमिका रहेको छ । </p><p>चलचित्रको केही दिनमै पोस्टर तथा ट्रेलर सार्वजनिक गरिने निर्माता तथा निर्देशक रोज राणाले बताएका छन्। </p>