भदौ, काठमाडौं । अमेरिकामा हसाउन र नचाउनका लागि हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) र गायक बन्द्री पंगेनी जाने भएका छन् । अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तिज , दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका मुन्द्रे र बद्रीका साथमा नेपालका अन्य कलाकारहरु पनि जाने भएका छन् ।
हाँस्य कलाकार जितु नेपालले आर्टिस्ट खबर सँग कुरा गर्दै भने, “अमेरिकामा रहनुहुने नेपाली दाजुभाईलाई हसाउँन जादैछौं । भरपुर मनोरञ्जन दिने छौं । र हामीलाई खुसी पनि लागेको छ कि पहिलो पटक अमेरिकामा गएर आफुलाई माया गर्ने नेपाली दाजुभाईहरुलाई हसाउन पाईने भएको छ ।”
कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका पुग्ने छन् । अगस्त २९ देखी नोवेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति हुने भएको छ । वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि को सयुक्त आयोजनमा हुने कार्यक्रममा अगस्त २९ मा उद्घाटन हुने बताईएको छ ।
कार्यक्रमबाट आम्दानी नाफा रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने आयोजकले बताएको छन्