जोनलाई हटाएर ‘रेस ३’ मा आए सलमान, अब माग्दैछन् ७० प्रतिशत हिस्सा

...

<pre><b>भदौ काठमाडौं</b></pre><p>सुपरस्टार सलमान खान बलिउड बक्स अफिसमा सुल्तानको रुपले चिनिएका छन्। तर पनि जब उनको फिल्म 'ट्यूबलाइट' फ्लप भयो यसले उनलाई निकै धक्का पुर्याएको छ। &nbsp;यसले उनको इमेजमा निकै असर परेको छ। यति सम्मकि फिल्म फ्ल्प भएका कारण सलमानले वितरकहरुको नोक्सानको भर्पाई समेत गरेका थिए। तर अब भने सलमान यस भर्पाईलाई अर्को तरिका बाट पुरा गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार सलमानले आफ्नो आगामि फिल्म 'रेस ३' को नाफाको ७० प्रतिशत हिस्सा माग गरेका छन्।.'</p><p>&nbsp;फिल्म एक्टर या एक्ट्रेसले फिल्मको नाफाको हिस्सा माग्नु कुनै ठुलो कुरा त होईन्। यस अघि पनि ५० प्रतिशत सम्म नाफा बाँड्ने गरेको पाइन्छ्। तर सलमानले माग गरेको ७० प्रतिशतमा भने निर्माताले कस्तो जवाफ दिन्छन यो त हेर्न बाँकी नै छ।&nbsp;</p><p>'रेस ३' मा सलमान नेगेटिभ रोलमा देखिने भएका छन्। &nbsp;फिल्मलाई रेमो डिसूजाले निर्देशन गर्ने भएका छन्। बताइएअनुसार सलमानले जोन अब्राहम फिल्मको हिस्सा नभए मात्र &nbsp;फिल्म खेल्ने बताएका थिए। उनले जोन बाहिरिए पछि मात्र फिल्मका लागि साईन गरेका थिए। एजेन्सी</p>