डा. भोला रिजालका छोरा कपिल द्वारा निर्देशीत दुई गीत सार्वजनिक (भिडियो)

असोज, काठमाडौं।

लन्डनमा बस्दै आएका दन्त चिकित्सक कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको म्युजिकको भिडियो सार्वजनिक गरिएको छ ।आइतबार अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा सजिएका दुई भिडियो सार्वजनिक गरिएको हो ।

रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको रचना डा.भोला रिजालले गरेका हुन् भने तारा रिजालले नारायण गोपालले गाएको गीत कभर गरेकी हुन् । डा.कपिल गीतकार भोला रिजालका छोरा हुन् । उनले बुबाकै प्रेरणाले संगीत निकट रहेको बताए ।

बाबु, छोरा र नाति पुस्ताको सम्बन्धलाई देखाउने भिडियोमा नातिसँग रमाउने हजुरबुवा र हजुरबुवाप्रति उनका छोराले गर्ने व्यवहारको विषयलाई संयोगान्त रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता सरोज खनाल हजुरबुवा, जीवन भट्टराई छोरा, सुरबिना कार्की बुहारी र बाल कलाकार कुसाग्र भट्टराईले नातिको भूमिकामा अभिनय गरेका छन् ।

शिखर सन्तोषको संगीतमा रामकृष्ण ढकालले स्वर दिएको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन छ । गीतकार डा. रिजालले विषम परिस्थितिमा आफूले गीत सिर्जना गरेको बताए । ‘यो गीतको रेकर्ड गर्दा गायक रामकृष्णले रेकर्डिङ लगत्तै यो गीतमा सरोज खनाललाई खेलाउन पाए हुन्थ्यो भन्ने सोचेका रहेछन् । मैंले पनि त्यही सोचिरहेको थिएँ । नभन्दै भिडियोमा सरोज खनाललाई नै खेलाउन मौका पायौं । उनले हाम्रो सोचलाई असाध्यै न्याय गर्नु भएको छ,’ भोला रिजालले भने ।

कार्यक्रममा डा। कपिलकी छोरी तारा रिजालले गाएको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’को कभर गीतको भिडियो पनि देखाइएको थियो ।  यो गीतका वास्तविक गायक नारायण गोपाल हुन् । यो भिडियोको निर्देशन पनि डा। कपिलले नै गरेका हुन् ।
‘बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची थियो । कामको सिलसिलामा लन्डनमा बसे पनि नेपाली गीत, संगीत र फिल्म प्रति रुची उस्तै छ,’दुई वर्षअघि रिलिज भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’को निर्मातासमेत रहेका उनले भने,‘मैले अहिलेसम्म निर्माण गरेका आधा दर्जन बढी म्युजिक भिडियो भन्दा यो भिडियो अलिक पृथक किसिमको छ ।’ उनले भिडियोले परिवारको बीचमा संवाद कम हुनुमा नयाँ पुस्ता वा पुरानो पुस्ताभन्दा पनि समयका कारण ‘ग्याप’ भइरहेको अवस्थालाई चित्रण गरेको बताए ।‘भिडियोको कथा आफ्नै अनुभवबाट सिर्जितभन्दा पनि हुन्छ । मैंले चाहेर पनि बुबा वा ममीलाई समय दिन सक्दिन तर यसको मतलब यो होइन कि उहाँहरूलाई आदर गर्दिन । भिडियो पनि हामीले यस्तै थिममा बनाएका छौं,’ डा।कपिलले भने ।