बहुपती प्रथामा बन्ने भयो ‘सुर्योदय’,८ करोड लगानी लाग्ने

असोज, काठमाडौं।

करिब ९ वर्ष अगाडि घोषणा भएको चलचित्र ‘सूर्योदय’ को अब निर्माण प्रक्रिया सुरु हुने भएको छ। हाल ‘कान्छी’ चलचित्रको निर्देशनमा व्यस्त निर्देशक आकाश अधिकारीले यो चलचित्रलाई निर्देशन गर्नेछन् ।

‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथामा निर्माण हुने यो चलचित्र लामो खोज र अनुसन्धान पछि निर्माण गर्न लागिएको निर्देशक अधिकारीले बताए ।निर्देशक अधिकारीकै कम्पनी ‘द स्काई मुभिज’ले ०६५ सालमा यो चलचित्र निर्माण घोषणा भएको थियो ।
डोल्पा, मनाङ, मुस्ताङ रहेको अन्धबिस्वास ‘बहुपती’प्रथा अहिले लोभ हुँदै जान थालेको छ । लोप हुँदै गइरहेको नेपाली अन्धबिस्वासलाई भाबी पिडिका लागि पनि सुरक्षित गर्न यो चलचित्र निर्माण हुन लागेको हो ।

बहुपती’ प्रथालाई बिदेशमा समेत देखाउने चलचित्र निर्माणको अर्को उदेश्य रहेको निर्माण युनिटको भनाई छ । ८ देखि १० करोड बजेट चलचित्र निर्माण हुन लागेको हो । ‘कान्छी’ निर्माण पछि २०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुनेछ ।