सौगातले भने- ‘मेरो बिहे गर्दिनु पर्दैन?मेरो मन के ढुंगाको हो ?’

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p style="text-align: justify; ">‘मेरो बिहे गर्दिनु पर्दैन ?मलाई चाहिँ नयाँ खाटमा सुत्न मन छैन होला ? मेरो मन चाहिँ के ढुंगाको हो ? मेरोभन्दा अगाडि बिहे गर्दिनेलाई जिउँदै जलाएर मार्छु ।’ यो संवाद अहिलेका चर्चित नायक सौगात मल्लको हो। तर तपाई नझुक्किनुहोस यो वाक्य उनले रियल लाईफमा नभएर रिल लाईफका लागि बोलेका हुन्।</p><p style="text-align: justify; ">सौगात मल्ल अहिले चलचित्र ‘पञ्चेबाजा’को छायांकनमा व्यस्त छन् । मंगलवार चलचित्रको इन्डक्ल्याप दृश्य राजधानीको अनामनगरमा रहेको मण्डला थिएटरमा खिचिएको थियो। &nbsp;हातमा मलास बोकेका सौगातको पहिरन हेर्दा उनले चलचित्रमा विकट गाउँको एक साधारण यूवकको भूमिका निर्वाहा गरेको स्पष्ट हुन्थ्यो । परालले छाएको सानो घरभित्र आमा र बुबालाई थुनेर सौगात चिच्चाउँदै थिए, ‘मेरो बिहे गर्दिनु पर्दैन ? मलाई चाहिँ नयाँ खाटमा सुत्न मन छैन होला ? मेरो मन चाहिँ के ढुंगाको हो ? मेरोभन्दा अगाडि बिहे गर्दिनेलाई जिउँदै जलाएर मार्छु ।’ &nbsp;</p><p style="text-align: justify; ">कमेडी प्रधान बताइएको यस चलचित्रमा सौगातका अलावा कर्मा, जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारहरुको पनि अभिनय छ । &nbsp;निउ भेनस फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहेको छ ।&nbsp;</p>