असोज, काठमाडौं।

गत शुक्रवार बाट एकल प्रर्दशनको रुपमा आएको चलचित्र 'द मगोलियन हार्ट' ले दर्शकहरुको राम्रो साथ पाउन सफल भएको छ। शुक्रबार बाट अन्य चलचित्रले प्रर्दशन नथालेका कारण पनि चलचित्र हेर्नका लागि दर्शकहरुको चाप रहेको बताइएको छ। चलचित्र आउनु अघि त्यति अन्य चलचित्र जस्तै प्रचारप्रसार नभएपनी दर्शकहरुले साथ दिएको निर्माण पक्षले जनाएका छन्।

चलचित्रको बारेमा बोल्दै निर्देशक आर.एल लामाले आर्यन र मंगालियनहरुको मुटुलाई जोडेर द मंगोलियन हर्ट बनाइएको बताएका छन्। उनले भने -'अरु चलचित्र जस्तै आफुले व्यापक प्रचार गर्न नसकेपनि जति दर्शकहरुले हेरेर प्रतिकृया दिनु भयो त्यस बाट निकै सन्तोषजनक रहेको छु। चलचित्रमा जातियता मात्र नभई सन्देश मुलक र धर्मको विषयलाई जोडेका छौं। दर्शकको साथ तथा माया पाएमा यस चलचित्रको सिक्वेल पनि निर्माण गर्ने छु'। चलचित्र नहेर्ने दर्शकहरुका लागि उनले भने -'मंगोलियन तथा आर्यनहरुको प्रेम कथालाई समेटेका छौं। ज जसको मुटु छ उहाँहरुले एकपटक हेर्न पर्ने चलचित्र हो द मंगोलियन हार्ट'।

'चलचित्र चल्नु भन्दा पनि दर्शकहरुको माया पाउनु ठुलो कुरा हो' भन्दै नायिका प्रतिक्षा खड्काले चलचित्रका लागि आफुमा एकदमै उत्साह रहेको बताएकी छिन्। उनले भनिन् -'जति हलहरुमा चलचित्र लाग्यो त्यहाँ दर्शकहरुले राम्रो प्रतिकृया दिनुभयो त्यसकारण एकदम खुसी रहेको छु। जातिय विविधताको मार्फत बाट सन्देशमुलक प्रस्तुतीलाई दर्शहरुले निकै रुचाउनु भएको छ'।

आर्यन र मंगोलियन समुदाय बिच हुने प्रेमकथालाई रोमान्टीक तवरले देखाउन खोजिएको चलचित्रमा शंखर महर्जनको द्धन्द्ध, दिनेश प्राख्रिनको नृत्य रहेको छ । चलचित्रको गीतमा मौसम मधुर र संध्या सुनुवारले स्वर दिएका छन्, भने संगीत रिमेश कुमार अमृत लामाको रहेको छ ।आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् ।

चलचित्रमा धिरन शाक्य आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लिला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय रहेको छ ।