<pre><b>असोज, काठमाडौं। </b></pre><p>नेपाली सिने क्षेत्रका चर्चित नायक दिलिप रायमाझीको मुख्य भुमिका रहेको चलचित्र 'चर्खा'को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘घन घन मादल घन्कियो’ बोलको गीतमा नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा नायक दिलिप तथा गायिका जुनु रिजाल काफ्ले फिचरिंग भएका छन्। </p><p>गोबिन्द गौतमको शव्द तथा विकाश चौधरीको संगीत रहेको यस गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन्। सन्जिता फिल्मसको पहिलो प्रस्तुतीमा निर्माण भएको चलचित्रमा निर्जन थापा, सुरविना कार्की, रजनी केसी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाइ गोविन्द गौतमले निर्देशन गरेका हुन् ।चलचित्रको प्रर्दशन मिति भने तोकिएको छैन्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/OEoBCBjVzGA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>







८ आश्विन २०७४, आईतवार ०६:२० 








