दयाहाङ को ‘तान्द्रो’मा झल्कियो युद्धकालको पिडा (ट्रेलर)

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित नायक दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र ‘तान्द्रो’को टे्रलर सार्बजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा तत्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई झल्काउने प्रयास गरिएको छ । ‘</p><p>वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।<br>निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त निर्माणमा बनेको चलचित्रमा &nbsp;दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने बताइएको छ।</p><p>&nbsp;<iframe frameborder="0" src="//www.youtube.com/embed/Q2BIRMlcZDs" width="640" height="360" class="note-video-clip"></iframe></p>