सामाजिक कार्यका लागि दक्षिणा उठाउँदै करिश्मा

...

<pre><b>असोज,काठमाडौं।&nbsp;</b></pre><p>चर्चित नायिका तथा नेतृ करिश्मा मानन्धरलाई यस पटकको दशैं विशेष भएको छ। यस्तैमा उनले एक अभियान सुरु गरेकी छिन्। त्यो हो दशैंमा कमाएको दक्षिण सामाजिक कार्यमा लगाउने। फेसबुकमार्फत स्टाटस राख्दै उनले आफुले शैक्षिब क्षेत्रको लागी नयाँ अभियान सुरु गरेको बताएकी छिन्। करिश्मा ग्रामिण भेगका विद्यालय स्तर उन्नतीका लागि दशैंको दक्षिणा संकलन अभियानमा जुटेकी हुन् । सामाजिक सञ्जाल फेसबुकबाट करिश्माले यस प्रकारको अभियान सुरु गरेकी छिन् । सकारात्मक कार्यका लागि केही रकम संकलन अभियान थालेकी करिश्माले फेसबुकमा लेखेकी छिन ‘यो एउटा अभियान सुरु गर्ने कोशिस गरिरहेको छु, आफ्नो दक्षिणाबाट । हरेकले दक्षिणा दिनु पर्छ भन्ने छैन तर दिनेले थोरै दिएपनि दिए पुग्छ । देश विकासको लागि साक्षरता जरुरी छ । परिवर्तनका लागि परिवर्तन ।’&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/e73b908be51ac5c9b4f62e927b28adc71507106244.jpg" style="width: 495px;"><br></p>