‘छक्का पन्जा २’ ले राख्यो नयाँ रेकर्ड

असोज,काठमाडौं ।

ब्राण्ड भनिसकेको चलचित्र युनिट ‘छक्का पन्जा’ले आफ्नो दोस्रो संस्करणबाट पनि नयाँ रेकर्ड बनाएको छ । दशैंको फूलपातीको दिनबाट देशब्यापी प्रदर्शनमा आएको ‘छक्का पन्जा २’ पहिलो दिनमै करोड क्लबमा प्रवेश गरेको थियो । साथै यो चलचित्रले ११ दिनभित्र सम्ममा अहिलेसम्मकै नेपाली चलचित्रहरुको रेकर्ड कायम गरेको छ । प्रदर्शनको एक सातामै ७ करोड ग्रस कलेक्सन गरेको थियो भने ११ दिनसम्ममा १० करोड ग्रस कलेक्स गर्न सफल भएको छ । यो नेपाली चलचित्रको ब्यापारमा अहिलेसम्मकै सर्वाधिक हो ।

चलचित्रले सफलता पाउनुमा सोलो प्रदर्शन र लगातार लामो बिदालाई लिन सकिन्छ । यसले गर्दापनि चलचित्र हेर्न चाहाने दर्शकहरु हलसम्म पुगेका छन् । एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार ‘छक्का पन्जा २’ ले प्रदर्शनको ११ दिनमा देशभरबाट कुल १० करोड कलेक्सन गरेको छ । चलचित्रले राजधानी बाहिरबाट ११ दिनमा ५ करोड ५० लाखको ब्यापार गरेको छ । यस्तै राजधानीबाट प्रदर्शनको ११ दिनमा ४ करोड ५० लाख कलेक्सन गरेको छ ।’ यसको पहिलो भागले सय दिन मनाउँदै गर्दा १६ करोड कलेक्सन गरेको थियो ।

चलचित्रको प्रदर्शन सँगे चलचित्रको बारेमा दर्शक तथा समिक्षकहरुले गरेको समिक्षामा चलचित्र युनिटले आक्रोस पनि पोखेको देखिन्छ । राम्रो प्रतिक्रियालाई सहजै स्विकार्ने र आलोचनामाथि आक्रोस पोख्ने नेपाली चलचित्र निर्माताहरुको बानी यस चलचित्रका निर्माताहरुमा पनि परेको देखिन्छ । केहि दिन अघि देखी चलचित्रका निर्माता दिपकराज गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको समिक्षाको आलोचना गरेका छन् । दिपकले बिभिन्न भिडियाहरुमा छापिएका समिक्षाहरुलाई पनि फेसबुक मार्फत आचोलना सहितका तर्क दिएका छन् । ‘छक्का पञ्जा २’ को तारिफ र सकारात्मक समाचारका प्राय पोस्टमा धन्यवाद लेख्दै प्रतिक्रिया दिइरहेका उनले नकारात्मक टिप्पणी र आलोचनालाई सहज रुपमा लिन सकेका भने छैनन् । बाहिर ‘नकारात्मक कुराहरुमा मलाई चासो छैन’ भनेको पटक पटक सुनिन्छ तर, सामाजिक सञ्जालमा त्यस्तो देखिंदैन ।

दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउत, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक—दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।