दिपिका पादुकोणलाई डिप्रेशनको चिन्ता

...

<pre><b>असोज, काठमाडौं</b>।</pre><p style="text-align: justify; ">&nbsp;बलिउड एक्ट्रेस दिपिका पादुकोण यतिवेला सुपरस्टारको रुपमा छाइसकेकी छिन्। यसैविच दिपिकाले आफ्नो जिवनको बारेमा यस्तो खुलासा गरेकी छिन् जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ। हालै मिडिया संगको कुराकानीमा उनले आफु डिप्रेशनको शिकार भएको बताएकी छिन्। ३ वर्ष सम्म&nbsp; डिप्रेशनमा परेको बताउँदै उनले अहिले पनि उक्त समस्याबाट छुट्कारा पाउन नसकेको जनाएकी छिन्। <br>बिहिबार उनले डिप्रेशनका बारेमा आफ्नो अनुभव सुनाउदै भनिन्, 'मेरालागि डिप्रेशनसँगको लडाइ एकदमै नराम्रो थियो। म अहिलेपनि सधै डराउने गर्छु की फेरि मलाई उक्त समस्याले नसताओस्'। उनले मानसिक विरामीका विषयमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै यस्तो कुरा बताएकी थिइन्। डिप्रेशनले आफुलाई पूरै डुबाएको भन्दै उनले अहिलेपनि आफ्नो दिमागमा उक्त कुरा आइरहने बताइन्। जस कारणले फेरि आफूलाई डिप्रेशनले सताउछ की भन्ने चिन्ता लागिरहने समेत उनको भनाइ छ।</p><p style="text-align: justify; ">उनले भनिन्- 'आज भारतमा आत्महत्याको दर बढ्दै गएको छ। जसको पहिलो कारण डिप्रेशन हो। आज म पनि राम्रो काउन्सिलर नपाएको भए यस्तो अवस्थामा उभिन सक्ने थिइन्। आफुले राम्रा चलचित्रमा आएको अफर गुमाउनु पर्दा डिप्रेशनमा पर्नु परेको प्रष्ट पारेकी थिइन्।&nbsp; मैले केही राम्रा चलचित्रको अवसर गुमाउनु पर्दा त्यस्तो अवस्थामा परेकी थिइन्'। एजेन्सी</p>