पोखरामा एकल साँझमा गुञ्जिँदै गायक कर्म ग्याल्छेन बमजन

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p style="text-align: justify; ">दार्जिलिङका गायक कर्म ग्याल्छेन बमजन&nbsp; पहिलो पटक एकल गायन कार्यक्रममा&nbsp; गुञ्जिने भएका छन्। अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा, गतिशील मञ्जरीको&nbsp; संयुक्त आयोजनामा पोखरामा आउँदो&nbsp; कार्तिक ११ गते&nbsp; हुने कार्यक्रममा गायकले आफ्नो&nbsp; एकल प्रस्तुती दिनेछन्।&nbsp;</p><p style="text-align: justify; ">२ दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा लाग्नुभएका गायक ग्याल्छेनको पहिलो एकल गायनमा गायिका शीतल थापा&nbsp; गायिका रोशनी गुरुङले साथ दिने छन्।कार्यव्रmममा गायक ग्याल्छेनले नारायण गोपाल, गोपाल योन्जन, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, अरुण थापा, प्रदीपराज पाण्डेलगायत अग्रज कलाकारका कालजयी गीत तथा आफ्ना गरी एक दर्जन गीत प्रस्तुत गर्नेछन्।&nbsp;</p><p style="text-align: justify; ">हेटौँडा डेरीको मुख्य प्रायोजनमा हुने कार्यक्रमका लागि अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा १५ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । समितिका सह–संयोजकमा मनकुमार श्रेष्ठ, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा नर्वदा पराजुली, सहसचिवमा भागिरथी सुवेदी र सदस्यहरुमा श्याम गुरुङ, गोविन्द सिन्जाली, रुद्र श्रीष मगर, पुनम बस्नेत, शान्ति पराजुली आचार्य, हिमादेवी बराल रेग्मी, उर्मिला पराजुली, शशी बराल, सुरज उपाध्याय र अनुज कुुलुङ रहेका छन्।&nbsp;</p>