बेलायतले पत्याएन साम्राज्ञीलाई,रोकियो ‘इन्टु मिन्टु लन्डनमा’

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय चलचित्र क्षेत्रमा निकैनै हाइप कमाइरहेकी नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह। उनै नायिकालाई बेलायती दूतावासले भने पत्याएका छैन्। नायिका साम्राज्ञीले बेलायतको भिषा नपाएपछि उनको चलचित्र&nbsp; ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन रोकिएको छ। बताइएअनुसार साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएपछि चलचित्रको छायांकन रोकिएको हो ।<br>काठमाडौं र लन्डनमा छायांकन हुने यो चलचित्रमा साम्राज्ञी मुख्य भूमिकामा छिन् । इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् । चलचित्रकी निर्देशक रेनाशा वान्तवा राई र कलाकार तथा पत्रकार दिलभुषण पाठक भने फिल्मको छायांकन नहुने भएपछि १ महिने बेलायत बसाईपछि&nbsp; नेपाल फर्किएका छन् ।&nbsp;</p><div><br></div>