तिजमा १२ हजारको सारी मागेपछि श्रीमानलाई तनाव (भिडियो सहित)

...

milan karki, bhim karki, sabitri joshi, kishan gaha magarभदौ, काठमाडौं । तिज नजिकिँदै गर्दा बजारमा तिज गितका ओईरो लागि रहेका छन् । कति तिजको मौलिकता झल्काउने तिज गित छन् त कति तिजको गित हो र भन्ने गितहरु पनि ओईरीएका छन् । यसैबिच यसपालीको थुप्रै तिज गितको माझ अर्को गित बजारमा आएको छ । जुन गितमा तिजको मौलिकता झल्किएको छ ।

लै बरी लै बोल रहेको उक्त तिज गितमा श्रीमतीले आफ्नो श्रीमानलाई तिजको बेलामा १२ हजारको सारी किनीदिनु पर्ने कथाबस्तु समावेश गरीएको छ । गितलाई निर्देशक मिलन कार्कीले निर्देशन गरेका छन् । दर्जनौं गितहरु निर्देशन गरीसकेका निर्देशक मिलन कार्कीलाई हामीले सोध्यौं सारी कै बिषयलाई समावेश गर्नुको कारण केहि छ कि ? तिज गित भनिसकेपछि मौलिकता झल्काउने हुनु जरुरी छ । नेपाली भेषभुषा, रीतिरिवाज झल्काउने भयो भने सबै दर्शकले पनि माया गरीदिनुहुन्छ र तिजमा नेपाली दिदि बहिनीहरु रातो सारीमा सजिने भएकोले पनि हामीले सारीलाई समावेश गरेका हौं, कार्कीले भने ।

milan karki and model rojiनिर्देशक कार्कीले पछिल्लो समय नेपाली संस्कृतिलाई समावेश नगरी बन्ने तिज गितहरुले समाजमा बिकृती फैलाउने र कुनै पनि स्रष्टालाई तिज जस्तो नेपाली नारीहरुको चाडमा नारीहरुको मौलिकता झल्काउने कथावस्तु लाई समावेश गरी बनाउन समेत आग्रह गरे । समुन्नत समाजबाट बजारमा आएको उक्त गितमा नवगायक भिम कार्की र गायिका साबित्री जोशी को स्वर रहेको छ भने लय/शब्द संगित किसन गाहा मगरको रहेको छ । भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने दृश्य निर्माण परेली फिल्मस् प्रा.लीले गरेको हो । जसमा कोरिया ग्राफि निरेन श्रेष्ठको रहेको छ । भिडियोमा भुवल, रोजी र गोपिकृण्ण को अभिनय रहेको छ ।

भिडियो हेरौं ।

तिज गित लै बरी लैको छायांकन स्थलमा देखिएका केहि तस्बिरहरु हेरौं ।

new teej song

Gopi krishna chapagain

sagar gautam , camera man

milan karki and sagar gautam

director milan karki

teej song shooting

teej song shooting photo

singer sabitri joshi

singer bhim karki, kishan gaha magar