छविको छेऊमा बस्न नमानेपछि रेखा

आर्टिष्ट खवर/ कात्तिक, काठमाडौं।

रेखा थापाका पुर्व पति हुन् निर्माता छविराज ओझा । छविराजको ब्यानरमा निर्माण भएका अधिकांश चलचित्रहरु हिट छन् तिनै हिट भएका चलचित्र मध्ये धेरैमा रेखाको अभिनय छ । तर जब छवि र रेखाको सम्बन्ध बिच्छेद भयो त्यस पश्चात रेखाले आफ्नो ब्यानरमा चलचित्र निर्माण गर्न थालिन् उनले निर्माण गरेका चलचित्रहरु पनि हिट हुँदै गए । पछिल्लो समय छविले नायिका शिल्पा पोखरेल सँग बिवाह गर्ने भन्ने हल्ला निकै चल्यो  । यी दुईले यो कुरा स्विकारे पनि तर अझै विवाह भने गरेका छैनन् । यसैबिच सोमबार राजधानीमा रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’ को प्रिमियर कार्यक्रममा छविराज र शिल्पा पनि देखिए । रेखाको निमन्त्रणालाई सहर्ष स्विकार्दै यो जोडी प्रिमियरमा पुगेको थियो ।

थुप्रै चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको प्रिमियरमा छवि र शिल्पाको आगमनले धेरैको ध्यान उनीहरु तर्फ खिचिएको थियो । लामो समयपछि रेखा र छविलाई एकैठाउँमा देख्दा पत्रकारको क्यामेरा उनीहरु तर्फ तेर्सिएका थिए तर उनीहरु एकैठाउँमा भने कुनैबेला पनि हुन चाहेनन् । रेखा र छविलाई एकैठाउँमा राखेर तस्बिर खिचाउन केहि पत्रकारले पहल गरे तर त्यो सम्भव भएन । एक पत्रकारले छविलाई रेखासँग तस्बिर लिगौं न भनि अनुरोध गरे, छविले रेखाले मान्छिन् भने हुन्छ भनेपछि ति पत्रकार रेखालाई अनुरोध गर्न तर्फ लागे तर रेखाले छविको छेऊमा जानै मानिनन् उल्टै ति पत्रकारलाई झपारेर पठाइदिइन् । रेखा छविको छेऊमा पर्नै नचाहेपनि छवि पनि उनको नजिक जानसकेनन् तर शिल्पा भने रेखासँगै तस्बिर खिचाइरहेकी थिइन् ।

प्रिमियर हेरिसकेपछि उपस्थित चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुबाट राम्रो प्रतिक्रिया पाएको रेखाको भनाई छ । ‘मैले सोचजस्तै प्रतिक्रिया पाएँ, एकदम खुसी छु ।’, रेखाले प्रतिक्रिया पाएपछि हिमालय टाइम्ससँग कुरागर्दै भनिन् । एसिड प्रकरणलाई लिनु भएछ नि कुनै घटनाबाट प्रेरित हो भन्ने हाम्रो प्रश्नमा रेखा भन्छिन्– ‘केहि बर्षअघि निकै ठुलो घटना घटेको थियो, आफ्नो प्रेम प्रस्ताव अस्विकार गर्दा युवकले युवतीमाथि एसिड प्रहार गरेका थिए त्यो बेला पनि ति युवतीलाई भेट्न गएकी थिएँ र मलाई त्यो कुराले एकदम छोएको थियो त्यहि कुरालाई मैले चलचित्रमा देखाउने प्रयास गरेकी हुँ । जसबाट केहि सन्देश सबैमा पुगोस भन्ने मेरो चाहाना हो ।’

चलचित्रका नायक आर्यन सिग्देलले पनि लामो समयपछि रेखासँगको स्क्रिन सेयरबाट प्रतिक्रिया निकै राम्रो पाएको बताएका थिए । प्रेम कथा र सामाजिक सन्देश भएको चलचित्र रुचाउने दर्शकले  ‘रुद्रप्रिया’ एकपटक हेर्नुपर्ने उनको भनाई थियो । आउदो कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘रुद्रप्रिया’ प्रिमियरमा मुख्य कलाकार रेखा र आर्यनसँगै राजन इशान, निर्देशक सुदिप भुपाल सिंह र चलचित्र कार्यकारी निर्माता रमेश एमके पौडेलको पनि उपस्थिती थियो । चलचित्र हेर्न दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, हेमराज विसी, रोहित अधिकारी लगायतका कलाकारहरु पनि हल पुगेका थिए ।

यो समाचार हिमालयन राष्ट्रिय दैनिकमा प्रकाशित छ।