कस्तो रह्यो आर्टिष्ट तिहार ?

कात्र्तिक, काठमाडौं ।

चलचित्रमा दिनहुँ ब्यस्त हुने सेलिब्रेटीहरुले पनि आफ्ना दिदि बहिनी तथा दाजुभाई सँग तिहारको टिका लगाएका छन् । शनिबार सेलिब्रेटीका सामाजिक सञ्जाल हेर्न हो भने दिपावली मय भएको देख्न सकिन्थ्यो । कतिले घरमै आफ्नो दाजुभाई–दिदि बहिनीहरुसँग टिका लगाए पनि कितपय सेलिब्रेटीले आफ्ना दिदिबहिनी तथा दाजुभाईहरुसँग टिका लगाउन नपाएको जानकारी पनि सामाजिक सञ्जालमै दिएका छन् ।

यसैबिच नायक अनमोल केसीले तिहारमा दिदी काजोलको हातबाट टिका लगाए । अमेरिकामा रहँदै आएकी काजोल भाइलाई टिका लगाउनका लागि नेपाल आएकी थिइन् । अनमोल दिदीको खुट्टा ढोग्दै गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् जुन हेर्दा रमाइलो लाग्दो छ ।

नायिका प्रियंका कार्कीले चलचित्र लेखक शान बस्न्यातसँग भाइटिका मनाएकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि आफ्नो भाइलाई भाइटिका लगाइदिएको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् । नायिका स्वेता खड्काले पनि भाइलाई टिका लगाइदिइन् । स्वेताले देउसी भैली खेलेको भिडियो पनि फेसबुकमा शेयर गरेकी थिइन् ।

त्यस्तै हाँस्य कलाकार जितु नेपालले आफ्नी दिदि उर्मिलासँग टिका लगाउन नपाएको जानकारी दिँदै बहिनी सँग टिकालगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । साथै दीपकराज गिरी, सिताराम कट्टेल, कुमार कट्टेलले पनि आफ्ना दिदी–बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । साथै गायिका मञ्जु पौडेलले पनि भाई गणेश र दाई बिरेन्द्रलाई सम्झिएकी छिन् । गायक मिलन लामाले पनि यसपालीको बाढीले जोडेको नाताकी दिदि फुलमाया चौधरी र आफ्नै दिदिको हातबाट टिका लगाएको फोटो र भिडियो फेसबुकमा पोष्ट गरेका छन् ।