सारिकाको जन्मदिन अनाथ बालबालिकासँग

कार्तिक, काठमाडौं । नायिका सारिका घिमिरेले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग मनाएकी छिन् । उनले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।

जन्मदिन कुनै रमाइलो तरिकाबाट पनि मनाउन सकिन्थ्यो तर पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरिरहेकी छु ।’, सारिकाले भनिन् । उनले गतबर्षपनि यसैगरि आफ्नो जन्मदिन मनाएकी थिइन् । उक्त अवसरमा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले संस्थाका अध्यक्ष कृष्ण गुरुङलाई केन्द्रमा नवनिर्मित पुस्तकालय निर्माणका लागि केही आर्थिक सहयोग पनि गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए ।

चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी सारिका घिमिरेले अहिलेसम्म आउँदा दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् । अभिनयसँग सँगै सङ्गीत र गायनमा पनि आफूलाई उपस्थित गराएकी उनले हालै एकल एल्वम ‘मोहनी’ बजारमा ल्याएकी थिइन् । सारिकाको आगामी चलचित्र साहित्यकार झमक कुमारीको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेको छ । यो चलचित्र दर्शकमाझ आउने तयारीमा रहेको पनि उनले बताइन् ।