सुरेश थापाको निर्देशनमा रमेश राईको ‘माया जिन्दावाद’

...

suresh thapa directorभदौ, काठमाडौं ।

‘सफल होस हाम्रो माया
साकार होस सपना
दुई आत्मा ले गरेको यहि नै प्रर्थना
माया जिन्दावाद ।’
यहाँ उल्लेख शब्द हेर्दा जो कोहिलाई पनि लाग्दछ आफ्नो मायाका लागि गरीएको प्राथना भनेर । हामी यहाँ मायाको कुरा गर्दैछौं । आफ्नो माया अजम्बरी गराउनका लागि गरीएको प्राथना, अनि मायाकै लागी दुई आत्माको चाहानाको कुरा गर्दैछौं ।

प्रसंगको माया जिन्दावाद गितको । शनिबारको दिन राजधानीको मुख्य शहर सुन्धारा नजिक र शहिदगेट आसपासमा सुटिङ युनिटले माया जिन्दावादको सुटिङ गरीरहेको थियो । मायाप्रेमले ओतप्रोत गित माया जिन्दावादका शब्द सुन्दा जो कोहिलाई लाग्छ कि साच्चैनै माया गर्नेहरुकै लागि बनेको गित छ ।

चर्चित कलाकार तथा व्यस्त निर्देशक सुरेश थापाले निर्देशन गरेको उक्त माया जिन्दावाद गित छिट्टै बजारमा आउने क्रममा छ । करिब चार दर्जन गितमा निर्देशन गरीसकेका थापाले माया जिन्दावाद राम्रो गित बनेको बताउँछन् । आर्टिस्ट खबर सँग कुरा गर्दै थापाले भने, “यो गित माया गर्नेहरुको लागि सुन्न लायक छ, सुन त जो कोहिलाई पनि राम्रो लाग्ने गित छ तर पनि अझ माया गर्नेहरुले सुन्दा छुट्टै अनुभुती हुनेछ ।” निर्देशक थापाले गित एक साता भित्रमा बजारमा आउने बताए ।
suresh thapa, manish shrestha, suresh rai, sushma dangal, sabita raiगायक रमेश राईको स्वर तथा राईकै संगितमा रहेको उक्त गित बुढा बिर लामाले शब्द भरेका छन् । गायक रमेश राईले गितका शब्दमा उल्लेख गरीए अनुसारको भिडियो बनेको र निर्देशक सुरेश थापाको मेहनतले अझ राम्रो बनेको बताउँछन् । “गित रोमान्टिक छ सुन्दा निकै आनन्द आउनेछ”, राईले भने । भिडियोमा मनिष श्रेष्ठ, सुष्मा दंगाल, रमेश राई र सबिता राईको अभिनय देख्न सकिन्छ । जसमा मनिष श्रेष्ठले कोरियाग्राफि गरेका छन् ।