आठ बर्षिया दीक्षाको ‘भाईरल भैदियो’ नामको भिडियो साँच्चै नै भाइरल भएपछि

...

<pre style="text-align: justify; "><b>कार्तिक, काठमाण्डौ । </b></pre><p style="text-align: justify; ">गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ’भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षिया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ । युट्युवमा अपलोड गरिएको १ दिनमै भिडियो भाईरल हुँदै यु्ट्युव ट्रेंडिंग नम्बर २ सम्म आउन सफल भएको छ ।&nbsp;</p><p style="text-align: justify; ">स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।</p><p style="text-align: justify; ">धादिङ्की आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय शुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलीजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ । गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ’पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ’रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो । त्यस्तै, चलचित्र ’डायरी’को चर्चित ’माया माया’मा मानसको शब्द तथा संगीत थियो ।</p><p style="text-align: justify;">मानसले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।</p><pre style="text-align: justify;"><b>Video:</b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/NDKkuOuRwJw" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>