७ वर्षपछि एउटै फिल्ममा देखिँदै अभिषेक ऐश्वर्या

मंसिर, काठमाडौं।

चलचित्रको पर्दामा वास्तिवि जीवनका श्रीमान श्रीमतीलाई देख्न निकै कम पाइन्छ । यस्तै बलिउडको कुरा गर्ने हो भने चलचित्रक्षेत्रकै कलाकारहरुले प्रेम पछि विवाह गरेका छन् तर विवाह पश्चात एउटै पर्दामा भने निकै कम देखिन्छन् । बलिउडका वास्तविक जीवनका श्रीमान–श्रीमति अभिषेक बच्चन र ऐश्वर्या राय वच्चन ७ बर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् । उनीहरुले ‘गुलाब जामुन’ नामक चलचित्रमा एकसाथ काम गर्न लागेका हुन् ।

यो चलचित्रका लागि अभिषेक र ऐश्वर्याले संझौता भने गरिसकेका छैनन् । तर, उनीहरुलाई चलचित्रको कथा अत्यन्त मन परेको छ । यो चलचित्रलाई सर्भेस मेवराले लेखन तथा निर्देशन गर्दैछन् । यो चलचित्रमा विशेष भूमिकामा लागि नायक अमिताभ बच्चनलाई पनि अफर गरिएको छ । यो चलचित्र पूर्ण रुपमा कमेडी कथामा निर्माण हुनेछ । बुझिए अनुसार चलचित्रमा ऐश्वर्य र अभिषेक यूवा भएर जन्मन्छन् । तर, उनीहरुको कपाल सेतो नहुँदै उनीहरु बुढो देखिन्छन् ।’ यसपछि, अभिषेक अमिताभ बच्चनको साहारामा पुग्छन्, जुन भूमिकामा लागि उनलाई अफर गरिएको छ । एजेन्सी

यो समाचार हिमालयन राष्ट्रिय दैनिकमा प्रकाशित छ।