कैलाली घटनामा ‘निशब्द’ दिपकराज गिरी

...

Deepak raj giriभदौ, काठमाडौं । हाँस्य कलाकार दिपकराज गिरीले सोमबार भएको कैलाली टिकापुर घटनाबारे आफ्नो फेसबुकमा दुख व्यक्त गरेका छन् । कलाकार गिरीले निशब्द भन्दै आफ्नो मनका केहि बह पोख्दै आफुसँग बोल्ने धेरै शब्द नभएको बताएका छन् ।

गिरीले टिकापुरको घटना भएपछि अगाडिका घटनालाई स्मरण गर्दै संबिधान सभा बाट नयॉ संबिधान नाम दिएर भएको जनयुद्दमा १५,१६ हजार नेपाली मरेको कुरा सम्झाएका छन् साथै संबिधान निर्माणको एउटा पाटो सिमांकन बिबादमा सयौ मर्दैछन्, यो भन्दा नि कठिन छ नामांकन त्यसमा झन् के होला ?, उनले लेखेका छन् ।

साथै उनले स्टाटसको अन्तिममा यसरी लेखेका छन्, ‘अझै कति नेपालिले आहुति दिनु पर्ने हो यो संबिधान नामको अलौकिक पुस्तिका निर्माणका लागि ?…..निशब्द………याहा भन्दा बढी शब्द छैन ।’