वैवाहिक बन्धनमा बाँधिए नायिका निश्मा र नृत्य निर्देशक गम्भीर बिष्ट

...

<pre><b>मंसिर, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित नृत्य निर्देशक गम्भीर बिष्ट नायिका निश्मा घिमिरेसंग वैवाहिक&nbsp; बन्धनमा बाँधिएका छन् ।&nbsp; केही समय देखिको प्रेम सम्बन्धलाई उनीहरुले हिजो&nbsp; बिबाहमा परिणत गरेका हुन् । कौशलटार स्थित एक बैंकटबाट उनीहरुको बिबाह भएको बताइएको छ ।&nbsp; बिबाह समारोहमा दुबैका नजिकका नजिकका साथीहरु र परिवारका सदस्य सहभागी थिए ।&nbsp;</p><p>गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित चलचित्र ‘रिदम’ हिट भएको थियो । त्यसपछि उनी लभ यु बाबा चलचित्रमा देखिएकी थिइन् । यो चलचित्रले ब्यवसाय भने गर्न सकेन ।&nbsp;</p><p>लभ यु बाबा गम्भिरकै दाजु अभिनेता गजित बिष्टले बनाएको चलचित्र हो । सौगात बिष्टको निर्देशन रहेको यो चलचित्रमा गजित मुख्य भुमिकामा रहेका थिए । यो चलचित्रमा निश्मा गजितकी प्रेमिका बनेकी थिइन् । रिल लाइफमा दाइ गजितकी प्रेमिका बनेकी निश्माले रियल लाइफमा भने उनकै भाई गम्भिरसँग गलनगाँठो कसेकी हुन् ।</p>