वास्तविक कथामा ‘रियाल रिंगेट’ बन्ने

मंसिर, काठमाडौं ।

बैदेशीक रोजगारीका लागी खाडी मुलुक पुगेको युवाको जीवन कथामा चलचित्र ‘रियाल रिंगेट’ बन्ने भएको छ । चलचित्र युनिट यतिखेर पुर्वको बिभिन्न स्थानमा छायांकनको लागि फ्लोरमा समेत निस्किसकेको छ ।

दीपक अधिकारीले निर्देशन गर्ने यो चलचित्रमा नेपाली जीवनको यथार्थलाई देखाइने छ । प्रमोद भारद्वाज र नीता ढुंगानाको मुख्य भूमिका रहने चलचित्रमा छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रलाई जीवनकृष्ण बेघाले निर्माण गरेका हुन् । फिल्मको पूर्वको दमक, विर्तामोड, पथरी, कन्याम लगायत ठाउँमा छायांकन हुने निर्देशक अधिकारीले जानकारी दिए ।