भदौ १०, काठमाडौं । पछिल्लो समय तिज गित ‘ढाडे बिरालो’ बाट चर्चा र बिवादमा आएकी मोडल ज्योति मगरको फेरी अर्को तिज गित बजारमा आएको छ । यसपाली भने ज्योतिको स्वरमा रहेको तिज गित बजारमा आएको छ । ‘ढाडे बिरालो’ बोलको गितले सर्वाधिक चर्चा बनाएसँगै उक्त गितमा छोटो पहिरनमा नाचेको भन्दै बिभिन्न टिकाटिप्पणी आएका थिए । उक्त गितको विवाद नसकिँदै ज्योतिको अर्को ‘छोटो सारीमा’ बोलको गिज गित बजारमा आएको छ ।
ज्योतिको आफ्नै स्वर र लय, शब्दमा रहेको यो गितले ढाडे बिरालो बाट आएको बिभिन्न टिकाटिप्पणी लाई जवाफ दिएको जस्तो देख्न सकिन्छ । हुन न आर्टिस्ट खबरले ज्योति सँग कुरा गर्दा ढाडे बिरालो आउनु भन्दा अगाडि नै छोटो सारी गित तयारी भईसकेको बताएकि पनि थिइन् । उनले टिकाटिप्पणीको जवाफ मिल्न गएको एउटा संयोग भएको पनि बताईन् ।
‘छोटो छोटो सारी मेरो हातमा सुनको बाला, कुरा काट्ने काटिरहन्छन् मेरो आफ्नै पारा, मै राम्री भन्छन्, गाउँले वारीपारीमा, मै सेक्सी भन्छन् गाउँले वारीपारीमा म त नाँच्ने हो छोटो सारीमा कम्मर भाँच्ने हो छोटो सारीमा’ शब्द राखिएको यो गितमा ज्योतिले छोटो सारी लगाएर नृत्य गरेको देख्न सकिन्छ । युट्यु्वमा गितको प्रोमो मात्र सार्वजनिक भएको छ । राजेश घिमिरेको छायाँकनमा कपिल लामाले निर्देशन गरेको यो गीत विन्धबासिनी म्युज्कि कम्पनीले उत्पादन तथा वितरण गरेको छ ।
उक्त गितको प्रोमो यस्तो रहेको छ ।