रिसेप्सनिष्ट हुँदै मोडलिङमा आएकी थिइन् बिना

गोपिकृष्ण चापागाईं / पुस, काठमाडौं ।

कलाकार बिना थापाको बिहिबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । बुधबार काठमाडौंको बत्तीसपुतलीमा बिना आँफैले चाएको बा५५प १३८७ नम्बरको स्कुटरलाई बा२ख ८९४ नम्बरको ट्याङकरले ठक्कर दिँदा ज्यान गएको थियो । उनलाई उपचारका लागी विर अस्पताल पु¥याइए लगत्तै ज्यान गएको हो ।

बिहिबार आर्यघाटमा उनको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिनका लागी बिभिन्न कलाकर्मि तथा आफन्तहरुको भिड लागेको थियो । दिउँसो २ बजेदेखी ३ बजेसम्म आर्यघाटमा बिनाको पार्थिव शरिरमा फुलमाला चढाउन राखिएको थियो भने ३ः३० मा उनको पार्थिव शरिरको अन्येष्टि गरियो । आर्यघाटमा उपस्थित सर्वसाधारण, कलाकार तथा आफन्त कसैको पनि आँशु थामिएका थिएनन् । ‘संघर्षशील कलाकारलाई दैबले पनि चाडै लैजादो रहेछ’, यस्ता कुरा धेरैको मुखबाट निस्किएको पाइन्थ्यो । नेपाली कलाकारिता क्षेत्रमा पाइला टेक्दै गरेकी बिनाको सवारीलाई ठक्कर दिनेलाई कडा कारबाही होस् भन्ने माग पनि उपस्थित आफन्तले गरेका थिए ।

बिना नेपाली कलाकारिता क्षेत्रमा क्रियाशिल थिइन् । उनले ‘रामप्यारी’ चलचित्रमा पनि अभिनय गरेकी छिन् भने उनी अभिनित ‘पिंजडा ब्याक अगेन’ चलचित्र प्रदर्शनको तयारीमा छ । साथै उनले थुप्रै म्युजीक भिडियोमा पनि मोडलिङ गरेकी छिन् । बिशेषतः उनले अभिनय गरेका म्युजीक भिडियोमा लोक तथा दोहोरी गीत र आधुनिक गीत बढी देखिन्थ्यो । उनले राजधानीमा रहेको कृष्ण फिल्मस्बाट नृत्य सिकेकी थिइन् । उनलाई शंकर बिसीले नृत्य सिकाएका हुन् भने शंकर सँग उनले थुप्रै म्युजीक भिडियोमा पनि अभिनय गरेकी छिन् । त्यस्तै बिनालाई म्युजीक भिडियो निर्देशक प्रकाश भट्टले पहिलो पटक अभिनयमा स्थान दिएका थिए । उनले एक लोकदोहोरी गीतको म्युजीक भिडियोबाट उनलाई मोडलिङक्षेत्रमा प्रवेश गराएका थिए ।

शंकर बिसी– नृत्य गुरु

बिना एकदमै राम्रो कलाकार थिइन् । मेरै डान्स सेन्टरबाट डान्स सिकेकी थिइन् । पछिल्लो समयमा पनि डान्स सेन्टरमा आएर कुनै कार्यक्रममा जानु प¥यो भने सल्लाह लिने, डान्सको कम्पोज गर्ने गर्थिन् । एक्कासी यस्तो भएको सुन्दा एक्छिन् त विश्वास नै लागेन । म केहि साता अघिमात्रै अमेरिकामा हुँदा उनीसँग अन्तिम कुराकानी फेसबुकमा भएको थियो । दाई सपोर्ट गर्नुपर्छ है, म राम्रो कलाकार बन्न चाहान्छु, यो क्षेत्रमा दुख गर्दैछु भन्थिन् । उनी थिएटरमा पनि नाटक देखाउँथिन् मलाई पनि हेर्न बोलाउने गथिएन् एकदम राम्रो अभिनय गर्ने कलाकार पनि हुन् । अन्य कलाकार भन्दा पृथक थिइन् । हरेक काममा लगनशील हुन्थिन् । मैले नृत्य सिकाउँदा मात्र हैन उनी सँग धेरै म्युजीक भिडियोमा अभिनय पनि गरेको छु त्यसैले उनलाई राम्रोसँग बुझेको पनि छु, जो राम्रो कलाकार हुँन्छ उनलाई दैवले चाँडै लैजादो रहेछ, एकदम दुख लागेको छ । उनको आत्मालाई शान्ति मिलोस् र घरपरिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।

प्रकाश भट्ट– भिडियो निर्देशक

बिनाले पोखरामा रहेको नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा केहि समय रिसेप्सिनिष्टको काम पनि गर्नुभएको थियो । मोडलिङमा धेरै रुचि भएकोले पनि नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोका निर्देशक छबि सुवेदीसँग पहल गरेर मैले एकभिडियोमा मोडलिङ गराएको थिए । निकै राम्रो अभिनय पनि गर्नुहुन्थ्यो । त्यो समयमा बिनाले गुल्मिबाट पोखरा आएर दिदि भिनाजुसँग बस्छु भन्नुभएको थियो । त्यसपछि काठमाडौं बस्न थालिसकेपछि पनि धेरै राम्रो काम गर्दै गएको देख्न पाइएको थियो, मैले पनि पछि केहि म्युजीक भिडियोमा काम गराउन पाएँ, उहाँले चलचित्रक्षेत्रमा पनि एक किसिमको छाप बसालिसक्नु भएको थियो । तर एक्कासी यस्तो घटना हुनपुग्यो, हामी कलाकार सबै निकै दुखित छौं ।

उनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिनका लागी चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नायक निखिल उप्रेती, चलचित्र निर्देशक हिमाल केसी, मोडल शंकर बिसी, म्युजीक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल महेन्द्र गौतम, गायिका शुशिला गौतम, कलाकार जान्वि बोहोरा लगायतका कलाकार पुगेका थिए ।

समाचार हिमालय टाइम्समा प्रकाशित छ ।