‘उल्झन’को पहिलो पोष्टर सार्वजनिक

पुस, काठमाडौं ।

आउँदो चैत २ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘उल्झन’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोेष्टरमा चलचित्रका तीन मुख्य पात्रलाई केन्द्रित गरिएको छ । नायक ध्रुव दत्त, नायिका रजनी के.सी र अर्का नायक बेनी ढुंगाना मात्र पोष्टरमा अटेका छन् ।

तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । ‘उल्झन’ले युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा बोल्छ । चलचित्रमा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा रहेको छ । चलचित्रको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् ।  ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ ।