दिक्पालसँग चोखो प्रेम माग्दै सारिका (भिडियो)

माघ, काठमाडौं ।

‘के देखेर माया लायौ….’ गीतको भिडियोले चर्चा पाइरहँदा नायिका तथा गायिका सारिका घिमिरेले ‘मुखै चिसो बनायो मुलको पानीले…’ गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएकी छन् । केही समय अघि सार्वजनिक भएको सारिकाको ‘मोहनी’ एल्वममा सङ्ग्रहित ‘मुखै चिसो बनायो मुलको पानीले…’ गीतको भिडियो सार्वजनिक गरेकी हुन् । सञ्चारकर्मी शान्तिप्रियको शब्द रहेको यो गीतमा दीपक शर्माको सङ्गीत रहेको छ ।

राजधानी स्थित वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको गीतको भिडियो निक्कै राम्रो बनेको छ  । मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले‘’लेमा राजन लामाको छायाँकन, रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन् ।

थुप्रै चलचित्रबाट दर्शकको मन जित्न सफल उनले अभिनेत्री घिमिरे गायन क्षेत्रमा पनि छोटो समयमा नै चर्चा कमाउन सफल भएकी छन् । गीत सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी उनको स्वरमा मिठास रहेको छ भने गीतको भिडियो पनि राम्रो बनेको छ । ‘मेरा सार्वजनिक गीतले राम्रै चर्चा पाइरहेका छन् अब गायन र अभिनय दुवै क्षेत्रलाईसँगै अघि बढाउनछु’, सारिकाले भनिन् ।

दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका सारिका घिमिरेले गायन क्षेत्रमा पनि आफूलाई राम्रै गायिकाका रुपमा प्रस्तुत गरिरहेकी छन् ।

video: